मेहेलकुना अस्पतालमा करेन्ट लागेर एक जनाको मृत्यु

अजय सोनी,सुर्खेत । मेहेलकुना अस्पतालमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अस्पतालको नयाँ बन्दै गरेको भवनमा करेन्ट लागेर बिजय विकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका वडा नं -६ केरेनी बस्ने अन्दाजी १७ वर्षीय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता डिएपी सुरज कार्कीले बताए । घटनाको थप अनुसन्धानको लागि छिन्चुबाट प्रहरीको टोलि घटनास्थल तर्फ गएको डिएसपी कार्कीको भनाई छ ।
फाइल फोटो 


Post a Comment

Previous Post Next Post