जन सेवा माध्यामिक विद्यालय सुर्खेतमा कृत्रिम घटना अभ्यास

नारायण रिजाल, सुर्खेत । सुर्खेत वीरेन्द्रनगरको जनसेवा माविमा कृत्रिम घटना अभ्यास गरिएको छ । शनिबार विद्यालयस्तरका बालबालिकाको लागि स्थानीय स्तरमा विद्यमान प्रकोपहरु भुकम्प,बाढि र आगलागीले जतिवेला पनि मानवीय, आर्थिक तथा वातावरणीय हिसावले क्षती पुर्याउन सक्ने र विपदमा परिवर्तन हुने भएकोले समयमा नै बालबालिका तथा समुदायमा प्रकोपबाट हुने क्षतीलाई न्यूनीकरणका लागि सचेतना फैलाउन कृत्रिम घटना अभ्यास गरिएको हो ।

उक्त कार्यक्रम प्रयास परियोजना अन्तर्गत भिएसओ नेपालको तथा नेपाल युवा संस्था सञ्जाल(आयोन) र स्थानीय सरोकार समूह सुर्खेतको साझेदारीमा गरिएको थियो ।

कृत्रिम अभ्यासमा नेपाल रेडक्रश सोसाइटीका प्रशिक्षक कृष्ण बहादुर थापा,केशर गौतम, अमृता सापकोटा, रेशम रेग्मी लगायत उपशाखा लाटिकोइलीका अन्य सदस्यहरुले सहजीकरण गरेका थिए । 

विद्यालयस्तरका बालबालिकाहरुलाई तीन दिन सम्म अभिमुखिकरण गरी भूकम्प,बाढि,डुवान र आगलागी सम्बन्धि नमुना अभ्यास गरी अन्तिम दिन हिजो विद्यार्थि र समुदायका बीच उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कृत्रिम अभ्यासमा प्राथमिक उपचार सम्बन्धी कार्यदल, खोज उद्दार कार्यदल र पूर्व सूचना प्रणाली तयार गरिएको स्क्रिप्टमा फरक फरक भूमिका निर्वाह गरी कृत्रिम अभ्यास गरिएको थियो ।



Post a Comment

Previous Post Next Post