कालिकोटमा घर भत्किदा भुस लिन गएका ५ जना घाइते

सुर्खेत । कालीकोटमा घर भत्किदा ५ जना घाईते भएका छन् । खाँडाचक्र नगरपालिका १ का लक्ष्मी पाण्डेको घर आज साँझ करिव साढे ५ बजेको समयमा भत्किएको हो ।

पुरानो तथा चर्किएको उक्त घरमा भुस राखिएको थियो, घर भत्किदा भुस निकाल्न गएका ५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी सिद्वराज न्याैपाने जानकारी दिए । घाईतेलाई सुरक्षाकर्मी र स्थानियको सहयोगमा उद्दार गरिएको छ ।

घर भत्किएर च्यापएिका ५ जनाको शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानियको सहयोगमा जिवितै उद्दार गरिएको छ । घाइतेहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भईरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले जानकारी दिए । घर भत्किनुको कारण नखुलेको प्रजिअ शर्माको भनाई छ ।

घाइतेहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भईरहेको छ । घाईते मध्ये ३ जनालाई अवस्था सामान्य रहेकोले अस्पतालबाट डिस्चार्ज गरिएको र २ जनाको उपचार भईरहेको साथै उनिहरुको अवस्था सामान्य रहेको डिएसपी न्याैपानेको भनाई छ ।



source karnalimedia.com


Post a Comment

Previous Post Next Post