कुपिन्डे तालमा बेपत्ता युवकको शव भेटियो

मनोज दाहाल मनु सल्यान,                                                 


  कुपिण्डे तालमा टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएका युवककाे शव भेटिएकाे छ ।


मंगलबार मध्यान्ह साढे १२ बजे कुपिण्डे तालमा चिप्लिएर बेपत्ता भएका दाङ तुलसीपुर ६ का अन्दाजी ३६ वर्षका वेद बहादुर बस्नेतकाे बुधबार दिउँसाे शव भेटिएकाे हाे ।


तालमा खसेर बेपत्ता भएपछि उनकाे सुरक्षाकर्मीले खाेजिकार्य गरेका थिए । बस्नेत खसेकाे ठाउँदेखि १५ मिटर पश्चिमकाे भागमा धेरै तालकाे धेरै तल गहिराइमा शव भेटिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए ।


मंगलबार बिहान साथीसँगै उनी कुपिण्डे ताल घुम्न आएका उनि तालको छेउमा उभिएर टिकटक बनाउने क्रममा चिप्लिएर खसेका थिए ।


कुपिण्डे तालमा यसअघि पनि पाैडी खेल्ने क्रममा एकजनाकाे डुबेर ज्यान गएकाे थियाे ।

Post a Comment

Previous Post Next Post