दैलेख आठबिसमा पहिरोले घर भत्कियो।




खडक बहादुर सिजापती
 मंगलबार १० साउन २०७९ 

दैलेख आठबिस नगरपालिकाको वडा नम्बर ९ आका टोलमा पहिरोले घर भत्किएको छ। लगातारको वर्षा र साउन ९ गते राति परेको अविरल वर्षाका कारणले ठूलो पहिरो गएको छ। उक्त पहिरोले गर्दा आठबिस नगरपालिका वडा नम्बर ९ आका टोल निवासी लालबहादुर कठायतको घर पुर्ण रुपमा भत्किएको छ। 



पहिरो घर भन्दा करिब पाँच सय मिटर माथिबाट खसेको थियो । हाल लालबहादुर कठायतको परिवार नजिकैको अर्को घरमा बसोबास गर्थे उक्त भत्किएको घर नजिकै पशु चौपाया थिए तर पशु चौपाया र मानवीय क्षति भने भएको छैन। तर घरभित्र रहेको जिन्सी सामान सबै क्षेती भएको छ। अहिले पशु चौपाया अर्को ठाउमा सारिएका छन्। यस क्षेत्रमा लगातारको बर्षाका कारण यस भन्दा अगाडि पनि धेरै ठाउँमा पहिरो गएर क्षति भएको छ। 


साउन ९ गते राती परेको अविरल वर्षाका कारणले यसै वडाको पुर्छा टोलमा पनि ठूलो बाढी पहिरो गएको छ। उक्त पहिरोले गर्दा पुर्छा टोलमा आवतजावत गर्ने गोरेटो बाटाहरु अबरुद्ध भएका छन् भने खानेपानी र सिचाईका पलास्टिक पाइप बाढीले बगाउँदा वडा भित्रको सबै खानेपानी अवरुद्ध भएकोे छ। 

कार्यबाहक वडा अध्यक्षले गरे स्थलगत अनुगमन आठबिस नगरपालिका वडा नम्बर ९ का नवनिर्वाचित वडा सदस्य हाल कार्यबाहक वडा अध्यक्ष बिरबहादुर कठायतले वडा भित्रका सबै ठाउँमा गएको पहिरो स्थलगत अनुगम गरेका
 छन्।



 यस वडाको विभिन्न ठाउमा गएको पहिरो र पहिरोले गरेका क्षेतीको विवरण प्रहरी चौकी तिलेपाटा दैलेखमा जानकारी गराएको र प्रहरी चौकी तिलेपाटाले साउन ११ गते स्थलगत अनुगमन गर्ने जानकारी दिएको कार्यबाहक वडा अध्यक्ष वीर बहादुर कठायतले बताउनुभयो ।


Post a Comment

Previous Post Next Post