बाजुराको बुढीगंगा नगरपालिकाको मेयर-उपमेयर दुवैमा एमालेको विजयी

 यात्रा संवाददाता बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकाको मेयर-उपमेयर दुवैमा एमाले विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवारलाई ठूलो मतान्तरले पराजित गर्दै एमाले विजयी भएको हो ।

मेयरमा एमालेका रामबहादुर बाँनियाले ४,७७७ मत पाएर विजयी हुँदा कांग्रेस उम्मेदवार रंगबहादुर खातीले ३,७७४ मत पाए । उपमेयरमा एमालेका उम्मेदवार मायाकुमारी खड्काले ४,७२७ मत ल्याएर विजयी भइन् भने कांग्रेस उम्मेदवार रिता शाहीले ३,७५५ मत पाइन् ।

एमालेले वडा नम्बर १, २, ३, ५, ६, ९ र १० मा तथा कांग्रेसले वडा नम्बर ४, ७ र ८ मा जित निकालेको छ । वैशाख ३० को निर्वाचन विवादित भएपछि त्यहाँ २३ गते पुनः मतदान भएको थियो ।

१० वडा रहेको नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६।८३ प्रतिशत अर्थात् ९ हजार १ सय २८ मत खसेको थियो । वैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।


Post a Comment

Previous Post Next Post