जुम्लामा चट्याङ लागेर एक युवककाे ज्यान गयाे



जुम्लामा चट्याङ लागेर एक युवककाे ज्यान गएकाे छ । हिजाे चट्याङ लागेर जुम्लाकाे तिला गाउँपालिका-९ का १८ वर्षका प्रेम बुढाको ज्यान गएकाे हाे ।

पानी परेका बेला ओत लाग्न रुखमुनि बसेका उनलाई चट्याङ लागेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए।


घटनास्थल तिला गाउँपालिकाको रारालिहीबाट टाढा रहेकाे र टेलिफोन नलागेका कारण घटनाबारे थप जानकारी आउन बाँकी रहेकाे उनको भनाई छ ।



Post a Comment

Previous Post Next Post