बर्खामा रोपाई गर्न नपाउदा किसानहरु चिन्चित(तस्विर सहित)

पुष्कर खड्का दैलेख : बर्खा याम लागेपछि धमाधम रोपाई भईरहेक‍ो छ भने महाबु गाँउपालिका वडा नँ ३ बाँसि( रिठा,भाँडे,पुर्म,मेलिकोट) का किसानहरु चिन्तित छन । 

केही बर्ष अघिमात्र सम्पन्न भएको ठुलाखोला साँझगाँउ निर्माण भएको कुलो भत्किएपछि किसान चिन्तित भएका हुन । एक बर्षपछि उब्जाउने धानपनि समयमै रोप्न नपाएर किसानहरु अहिले घरमै बसिरहेका छन ।

 धेरै पटक कुलो बनाउन खोज्दा पनि अफ्ट्यारो ठाँउमा भएकाले बनाउन नसकेको र स्थानिय तहले यसमा ध्यानाकर्षण गर्नुपर्ने स्थानियले बताएका छन ।

यस विषयमा जनप्रतिनिधि तथा स्थानियहरूसंगको कुराकाहानी केहि समय पछि प्रकाशन हुनेछ ।


तस्विर पुस्कर खड्का दैलेख


Post a Comment

Previous Post Next Post