Menstruation_(रजस्वला )

म पर सरेकी हैन,
पवित्र भएकी हुँ...!
हर दिन त्राश मा कटाउछु ! हर महिना रगतले नुहाउछु!! आफू भित्र सहने शक्ति जगाउछु!!! रगत सँगै आँसु को भेल बगाउछु!!!! म पर सरेकि हैन, पवित्र भएकि हुँ.....! म हरकोहिको नजरमा अपवित्र हुन्छु! घरपरिवारबाट टाढिएको मित्र हुन्छु!! कसिएको काँडे तारले पोलेको चित्र हुन्छु!!!

 छट्पटीएर भक्कानिन्छु,अनि बन्द कोठाभित्र रुन्छु!!! हातगोडा दुख्छन् ,पैताला झन्झमाउछन् ! कम्मर खल्सा जस्तो हुन्छ,छाति बिजाउछन्!! असह्य दुखाइले पिठ्युँ को कठालो समाउछन् !!! तड्पिएर मुर्छा पर्छु,पिडाले जिउदो लास बनाउछन्!!! म पर सरेकी हैन...., पवित्र भएकि हुँ! मैले छोएको कसैले खान हुदैन ! घरकी लक्ष्मी म,भान्छामा पैताला लानु हुदैन!! म एक देवि हुँ ,तर मैले भगवान् मान्नु हुदैन !!! टेकिदैनन् पाइलाहरु तर पनि मैले टेक्नुपर्छ ! रोकिदैनन् बग्न ,न त छेकिन्छ तर मैले छेक्नुपर्छ!! थाहै नपाई चुहिन्छन् थोपाहरु,मैले सरम खेप्नुपर्छ !!! लेखिदैनन् कलमहरु तर आज मैले लेख्नुपर्छ !!! हो म पर सरेकि हैन.....,
पवित्र भएकी हुँ! मध्यम सामाजिक संजाल

Post a Comment

Previous Post Next Post