अविरल वर्षासँगै राप्ती राजमार्ग अवरुद्ध

 अविरल वर्षासँगै  राप्ती राजमार्ग अवरुद्ध अविरल वर्षासँगै माथिबाट खसेको पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको छ  गएराती राप्ती राजमार्ग स्थिति दाङ-सल्यान सिमानाको


चोरखोला नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको हो । पहिरोसँगै माथिबाट खसेको ठुलो ढुंगाले अहिले राजमार्ग पुर्ण रुपमा बन्द भएको छ ।सडकबाट ढुंगा हटाउन तयारी गरिएपनि आवश्यक मेसिन नहुँदा कठिनाइ भइरहेको सडक डिभिजन कार्यालय दाङका इन्जिनियर रिकेश महर्जनले बताए । उनका अनुसार सडकबाट ढुंगा हटाउनलाई स्काभेटर चाहिरएको र स्काभेटर ल्याउने तयारी गरिएको छ ।सडक खुलाउन सुरक्षाकर्मी पनि प्रत्यक्ष स्थलमा रहेको र सबैतिर पहल भैरहेको सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए ।

Post a Comment

Previous Post Next Post