परिवर्तनका संबाहक दुल्लूका बुहारि समुह,एक चर्चित भित्तेलेखन जस्लाइ न मिडियाले खिचेको छ न सरोकारवालाले चासो दिएकाछन

बालविवाहविरुद्ध बुहारि समुह



दैलेखको दुल्लू नगरपालिकाका बुहारिहरूको दैनिकी आजभोलि फेरिएको छ । बुहारिहरू बुहारि समुहमा आबद्ध भएपछि समुदायमा बालविवाहविरुद्ध आवाज उठाउने र सचेतना फैलाउने काममा छन् । आफ्ना पालिकामा कतै बालविवाह हुँदैछ भन्ने सुइँको पाउनासाथ बुहारि समुहका सदस्यहरू जम्मा भएर विवाह रोक्न लागिपर्छन् ।उनीहरूले आवाज संस्था संग र आवाज संस्थाले दुल्लू नगरपालिका संग समन्वय गरेर बालिकालाई अनिवार्य शिक्षा, किशोरकिशोरी संवाद, किशोरावस्थामा हुने परिवर्तन, बावविवाहविरुद्ध सडक नाटक जस्ता कार्यक्रम सञ्चालन गरेका छन् ।
यिनै बुहारि समुहले लेखेको एक भित्तालेखन जस्ले साच्चिकै सोच्न बाध्य पारेकाे छ ।



माथि तस्विरमा भएको एक भित्तालेखन जसले नेपाल नै हल्लायो । यो बाङोटेडो अक्षरले लेखेको तस्बिर दैलेख जिल्लाको दुल्लु नगरपालिका वार्ड न ८ का बुहारी समुहले लेखेका हुन ।


१८ देखि २५ बर्स उमेर समुहका उनिहरु सानैमा बिबाह पछि आफुले भोगेको दु:ख अरु भाइ बहिनिलाइ पनि सुनाउदै हिड्छन र बाल बिबाहको विरुद्धमा गाउँ घरमा नै सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न देखि हुनलागेका र भएका बाल बिबाहका मुद्दाहरू पनि रोखेका छन ।


बाल बिबाह बिरुद्धको काम न मिडियाले नै खिचेको छ न सरोकारवालाले नै त्यति चासो नै देखाएको देखिन्छ । त्येही पनि समाजका नागरिक आम रुपमा परिबर्तन गर्न सकिन्छ भनेर समुहमा आबद्ध भएर लागिरहेका छन ।


दुल्लुमा बाल बिबाह बिरुदको अभियानमा भाइ समूह, बुहारी समूह, धार्मिक गुरुहरुको समूह, युबा समूह र बाल क्लबहरु सक्रिय छन । समुदायका ब्यक्तिले नै समुदायको रुपान्तरण गर्न सकिन्छ भनेर रुपान्तरणमा लागेका ब्यक्तिहरुको अभियानले रास्ट्रीय रुपमा स्थान पाएको समेत बुहारी समुहका कुनै पनि ब्यक्तिलाइ अझैसम्म पनि थाहा छैन ।


Think globally and act locally भनेको कुरा यो बाल बिबाह बिरुद्धको अभियानले दिएको छ । स्थानिय रुपमै गरेको काम एकाएक यसरी चर्चा हुनुले । अभियान्ताहरुमा अझै हौसला हुने देखिन्छ ।

अझ भनाै विभिन्न व्यक्तिहरूले उक्त तस्विर सामाजिक सञ्जालमा शेर गरेर लेखेको हेर्ने हो भने अभियान्ताहरुमा थप शक्ति पैदा हुन्छ । 

कानुनीरूपमा बन्देज लगाउँदा पनि समुदायमा बाल विवाहकाे क्रम नरोकिएपछि दुल्लू न.पा ६,७ र ८ वडामा बुहारी समुहनै गठन गरेर यसरी सचेतनामूलक कार्यक्रम चलाउने गरेका छन् । यसरि नै केहि दिन यता सामाजिक सञ्जालमा भाइरल भएको एउटा तस्विरले त यो पनि प्रष्ट पार्दछकि दुल्लूका महिलाहरू वालविवाह विरूद्द कसरि लागेका छन ।
उक्त तस्विर शेर गर्दे पुर्व  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री याेगेश भट्टराइ  लेख्नुहुन्छ 


आजका सन्दर्भमा क्रान्तिकारी नारायो नै अर्थ/ सामाजिक क्रान्तिको प्रस्थान हो । 
जिर्ण घरको भित्तामा लेखिएको यो नाराको सार्थक कार्यन्वयनले जिर्ण बनेको 
पुरानो समाज उन्नत मानविय समाजमा रुपान्तरित हुनेछ ।

यसै गरि आवाज संस्थाका परियोजना संयोजक तथा वालबिवाह विरूद्दका सामाजिक अभियान्ता चेतन गिरि लेख्नु हुन्छ ।



कति नराम्रो अक्षरले लेखिएको छ । न शुद्धता नै छ न लेख्ने महिलाहरु पनि राम्रा छन न शिक्षित नै छन । न धेरै बुझेका नै छन सब्द चयन नै गर्न नसक्ने यस्ता महिला कसरी परिबर्तनको सम्बाहक हुन्छन यहाहरु माझ यस्तै प्रश्न उब्जिएका होलान ।बास्तबमा उनिहरुले यो नारा Viral होला भनेर लेखेका पक्कै थिएनन आफ्ना बहिनिहरुले, छोरिहरुले र नन्दहरुले आफ्नोजस्तै दु:ख नपाउन भनेर सचेतनाका लागि लेखेका हुन आफ्नो गाउँ आफै रुपान्तरण गर्न आफै लागि परेका छन र बुहारी समुहले लेखेका हुदा उनिहरुले लेखकमा आफ्नो नाम राखेका रहेछन ।



यतिमात्र हैन हिजो देखि यो तस्विरमा सयाै व्यक्तिले कमेन्ट, शेर तथा हजाराै व्यक्तिले लाइक गर्दै विभिन्न कुराहरू लेख्नु भएकाे छ ।





विभिन्न सरकारी तथा गैरसरकारी संस्था एवं स्थानीय तहका समन्वयमा बालविवाहविरुद्ध सूचना, निगरानी र रोकथामका लागि समुदायमा आधारित निगरानी प्रणालीलाई सृदृढ बनाउन सबै टोल र समुदायमा महिला सहकारी, आमा समूह, निगरानी समूह, बालक्लब, युवा क्लब तथा किशोरकिशोरी समूह गठन गर्ने तथा हानिकारक सोच– मूल्यमान्यता– व्यवहारविरूद्धको सामाजिक अभियान व्यापक रूपमा परिचालन गरिने कार्यनीति छ । प्रहरी र स्थानीय तहका सहकार्यमा बालविवाह रोकथामका लागि परिवार भेटघाट, परामर्श र कानुनी सहायता तथा बालविवाहलाई कानुनी प्रक्रियामा लैजाने, तथ्याङ्क सङ्कलन गर्नेलगायत काम आवाज संस्थाले गरिरहेको छ ।


बालविवाह नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी निकायले विभिन्न नीति कार्यक्रम बनाए पनि सम्बन्धित पक्षसम्म पुग्न नसकेकाले ती निकायले बनाउने कार्यक्रम जिल्लाका सबै तहमा पुग्न आवश्यक रहेको छ । ‘समाजमा छोरीलाई सानै उमेरमा विवाह गरिदिँदा राम्रो हुन्छ भन्ने गलत धारणा हटाउन अभिभावक लक्षित कार्यक्रम ल्याउनुपर्छ’ भन्ने सन्देशकै लागी सवै जना लाग्नु पर्ने हुन्छ ‘जबसम्म समुदाय सचेत हँुदैन, बालविवाह भइनै रहन्छ ।’ पछिल्लो समय उमेर नपुग्दै किशोरकिशोरीबीचको प्रेम सम्बन्धका कारण पनि बालविवाह हुने गरेकाले हरेक पालिकाका विद्यालय तहमा सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको छ ।






लेखक ः नारायण रिजाल 
सम्पादक/प्रकाशक 
यात्रा मिडिया हाउस 



















                     

Post a Comment

Previous Post Next Post