मादक पदार्थ सेवन गरि एडिसलाई पानी ठानेर मुख धुने क्रममा घाईते

मादक पदार्थ सेवन गरि एडिसलाई पानी ठानेर मुख धुने क्रममा सल्यानमा काम गर्ने रोल्पाका एक मजदुर घाईते भएका छन । रोल्पा जिल्ला रुम्टीगढी ३, घर भइ हाल सल्यान कुमाख गाउँपालिका २ खारखोला स्थित जयराम बुढाथोकीको घरमा बस्दै आएका ५३ बर्षका विरवहादुर घर्ति बुधबार मुखधुने क्रममा घाईते भएका हुन ।



घर्ति गंगा रोजिन एण्ड टपअप खोटो संकलन कम्पनीमा ५- ६ महिना देखि काम गर्दै आएका थिए । मापसे गरेर पानि भनि एसिडले मुख धुनेक्रममा टाउको र मुख जलेको भनि स्थानियले प्रहरीलाई टेलिफोन गरेपछि खटिएको टोलीले उक्त स्थानमा ३ लिटर एसिड बरामद गरेको र घाईतेलाई चौरजहारी अस्पताल रुकुम पश्चिम तर्फ पठाउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।


साथै घटनाको थप अनुसन्धानको लागी ईप्रका रागेचौर बाट प्रहरी टोली खटिएको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताउको छ ।

Post a Comment

Previous Post Next Post