बाल साहित्यकार गीत पछाईको दोस्रो कृति ‘पोर्टल’ विमोचन (फोटो फिचर)

काठमाडौं : बाललेखिका गीत पछाईद्वारा लिखित उपन्यास ‘पोर्टल’ को विमोचन गरिएको छ। शनिबार काठमाडौंको इन्द्रेणी फुडल्याण्ड वानेश्वरमा आयोजित कार्यक्रममा उनको पुस्तक विमोचन गरिएको हो ।

८ बर्षको उमेरमा द ट्रेजर हन्ट अग्रेजी कथा संग्रह निकालेर नेपालको सबैभन्दा कान्छो लेखकको रुपमा आफुलाई चिनाउन सफल उनले अहिले दोस्रो कृतिको रुपमा उपन्यास निकालेकी छन् ।

उनको पहिलो अग्रेजी कथा संग्रह अष्ट्रेलियाका विभिन्न स्कुलको लाइवेरीमा पढ्न पाईन्छ । १२ बर्षकी गीतले यो उपन्यास आफु ९ बर्षको हुदा लेखेको र अहिले यसलाई फर्केर हेर्दा अझै राम्रो गर्न सक्थे भन्ने लागेको र पाठकबाट आएको सुझावलाई समेत ख्याल गर्दै अर्को कृति लिएर आउने बताईन ।

बिमोचन कार्यक्रममा सञ्चार तथा सुचना प्रबिधि मन्त्री ज्ञानेन्द्र कार्की , शहरी बिकास मन्त्री मेटमणी चौधरी, पुर्व अर्थ मन्त्री तथा वरिष्ठ साहित्यकार शंकर प्रसाद कोईराला, वरिष्ठ साहित्यकार प्राज्ञ माया ठकुरीले संयुक्त रुपमा पुस्तक बिमोचन गरेका थिए ।

कार्यक्रममा मन्त्री चौधरीले यति सानो उमेरमा दोस्रो किताब प्रकासन गर्नु चानचुने कुरा नभएको र अन्य बालबालिकाको लागि उनी प्रेरणाको श्रोत हुने र अन्य बालबालिकालाई यस्ता कार्यमा प्रोत्साहन दिनुपर्ने बताए ।

त्यस्तै मन्त्री कार्कीले गीतको यो क्षमतालाई नेपालमा मात्र होईन अन्तर्राष्ट्रिय रुपमा चिनाउनको लागि आफुले समेत सहयोग गर्ने , एनटिभि वल्डमाफर्फत गीतको क्षमतालाई बिश्वसामु चिनाउन सहयोग गर्ने बताए ।त्यसैगरी साहित्यकार कोइरालाले नेपालीले अग्रेजी साहित्यमा कलम चलाउन गाह्रो हुने, त्यसमा पनि साईन्समा अझै गाह्रो हुने तर गीतले सानो उमेरमा नै यो बिषयलाई निकै राम्रो सँग प्रस्तुत गरेकि छिन् उनको कल्पनाशिल र यो अदभूत क्षमतालाई सबैले साथ सहयोग गरेर अगाडि बढाउन हौसला प्रदान गर्नुपर्ने बताए ।




भिजन न्युज नेपाल डट कम बाट साभार @chakraprasadPokharel 

Post a Comment

Previous Post Next Post