सल्यानमा जंगली च्याउ खाँदा ८ जना बिरामी

 सल्यानमा जंगली च्याउ खाँदा ८ जना बिरामी परेका छन् । जिल्लाकाे शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकामा शुक्रबार जंगली च्याउ खाँदा ८ जना बिरामी परेका छन् ।


बिरामी हुनेहरुमा बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीका ४८ वर्षीय भुपबहादुर वली, श्रीमती ४५ वर्षीया मनकली वली, छोरा २३ वर्षीय प्रकाश वली र बुहारी २१ वर्षीया सुशीला वली रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । उनिहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचार पछि गएराति नै प्रादेशिक अस्पताल सुर्खेत रिफर गरेको छ । यस्तै शारदा नगरपालिका ४ साइलाकम्दमा ४० वर्षीया मिना बस्नेत, छोरी २५ वर्षीया पवित्रा बस्नेत, ९ वर्षीय जोन बस्नेत र ४ वर्षीया जोशना बस्नेत पनि जंगली च्याउ खाँदा बिरामी भएका छन् । शुक्रबार साँझ जंगली च्याउ खाएर सुतेका उनीहरू राति बिरामी भएका थिए । चार वर्षीया जोशनाको अवस्था गम्भीर छ। अरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

Post a Comment

Previous Post Next Post