निर्मला खड्काको अध्यक्षतामा अखिल (क्रान्तिकारी) दाङको जिल्ला सम्मेलन सम्पन्न। हेड लाइन

सागर रावल
३१ भदौ,दाङ/नेकपा(बहुमत)निकट अखिल (क्रान्तिकारी) दाङको २५ ऑ जिल्ला सम्मेलन सम्पन्न भएको छ। निर्मला खड्काको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको हो।२५ औं जिल्ला सम्मेलन आयोजक समितिको संयोजक निर्मला खड्काको अध्यक्षता,संगठनका केन्द्रीय


 अध्यक्ष मिलन राईको प्रमुख आतिथ्यता तथा पार्टी केन्द्रीय सदस्य एबं दाङ जिल्ला इन्चार्ज तिलकको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो। जनताका हरेक दुःख सुखका गतिविधि जोडेर नयाँ पुस्ताको उर्जाघर गराउँदै अध्यक्ष निर्मला खड्काले कायर्क्रम शुभारम्भ गराउनु भएको थियो। जसमा हरेक पार्टीका प्रतिनिधि सँगै नयाँ पुस्ताको स्वागत मन्तव्य राख्ने प्रकिया अगाडि बढाइएको थियो।सर्वप्रथम हेमराजको स्वागत मन्तव्य तथा सांस्कृतिक प्रस्तुतिबाट सुरु भएको कार्यक्रमको अनौपचारिक सञ्चालन संगठनका केन्द्रिय सदस्य तथा नवलपुर/नवलपरासी जिल्ला इन्चार्ज सन्देशले गर्नुभएको थियो भने औपचारिक कार्यक्रमको सञ्चालन परशुराम क्षेत्रीले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि,विशिष्ट अतिथि लगायतका सम्पूर्ण अतिथीहरुले गहकिला शब्दहरू सँगै कार्यक्रम सम्पन्न गर्नु भएको कुरा अध्यक्ष खड्काले जानकारी दिनुभयो।
















Post a Comment

Previous Post Next Post