लक्ष्मणको संगीत र शिव परियारको स्वरमा ‘दिल रुन्छ जब’ सार्वजनिक

 चर्चित गायक शिव परियारको स्वरमा ‘दिल रुन्छ जब’ बोलको पुस्ताका प्रतिभाशाली संगीतकार लक्ष्मण पोखरेलको शब्द र संगीत रहेको मर्मस्पर्सी गीतमा अशोक थापाले संगीत संयोजन गरेका छन् । मनोज डंगोलको रेकर्डिङ मिक्सिङ रहेको छ ।



चलचित्र निर्देशक वसन्त अधिकारीको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा मोडल सुशान्त आर टि र विना राउतको अभिनय रहेको छ । समाजसेवी मिलन गिरिको समेत अभिनय रहेको गीतलाई भविश्य कार्कीले छायाङकन गरेका हुन् भने नरोत्तम पाण्डेले सम्पादन गरेका छन् ।
ब्राइट फ्युचर डान्स सेन्टरको प्रस्तति रहेको यस गीतलाई जीवन बुढाथोकीको नृत्य, मोही सिंहको मेकअफ रहेको छ । सुन्दा निकै आनन्द आउने गीतको भिडियो पनि उत्तिकै उत्कृष्ट बनेको छ । ब्राइट फ्युचर डान्स सेन्टर युटुब च्यानलबाट सार्वजनिक गरिएको गीतबाट कलाकार शुसान्त निकै आशावादी रहेको बताउँछन् ।

Post a Comment

Previous Post Next Post