सल्यान कपुरकोटको तरकारी बजार उपभोग्य नहुँदै आधा भन्दा बढी घरमा राख्नु परेको अवस्था।

सागर रावल

सल्यान कृषि क्षेत्रमा पुस्ता देखिनै उर्वर भूमि मानिन्छ ।तर पनि राम्रो संग बजार व्यावस्थापनको सदुपयोग हुने बाताबरण मिलाइदिएको छैन,नेपाल सरकारले ,अझै वर्षा याममा धेरै गार्हो झेल्ने गरेका छन् ,सल्यान बासीहरुले ।लाखौं टन उत्पादन हुने तरकारी बजार नपुग्दै कुहिने धेरै समस्या आइपरेको स्थानीय बासिन्दा बताउँछन्।
प्रत्येक वर्षको जस्तै यो वर्षपनि सोचे भन्दा बढी तरकारी उत्पादन गरेको सल्यान कपुरकोट गाउँपालिकाका स्थानीय युवा राज मगर बताउँछन् ।नत स्थानिय सरकारको सहयोग ध्यान छ, नत प्रदेश सरकारको , 

पहिलेको परिवेश र अहिलेको परिवेशको सल्यानको फरक छुट्याउँदा फरक नपर्ला , भनाई अलग भए पनि विकास,र विनास उस्तै देखिन्छ।नेता हरु धेरै बदलिए तर कपुरकोट गाउँपालिका को जनताको जनजीवन उही हालतमा छ।घरमा एक छाक टार्न पनि बडो मुस्किल पर्छ ,कहिले तरकारी बिक्रि होला र कहिले रोटी पाक्ला कुर्नु पर्ने अवस्था छ।भन्दा तीतो महसुस होला नेता भनाउदा हरुलाई राम्रो रोडको समेत विस्तार गरेको छैनन्। हुनत सल्यान कपुरकोट बाट दाङ जिल्लाको तुल्सीपुर सम्म जान कपुरकोट बासीहरुको लागि लगभग ३घण्टाको गाडीको यात्रामा तुल्सीपुर पुगिन्छ ,तर मुस्किल संग साधना गर्नु पर्छ दुर्घटना धेरै बेहोर्नु पर्छ ,अहिले सम्म दुई लाइन समेतको रोड बनाउन नसकेको कारण अझै पनि सल्यान बासीलाई दुःखको कुरा हो।अब घरमा राखेर तरकारी हरु बिक्रि गर्ने दिन आएको हुन र ,के घरमा राखेको तरकारी कसले किन्ने धेरै अप्ठारो परिस्थिमा अन्दाजी ७०%भन्दा बढी जनता मारमा परेको कपुरकोट गाउँपालिका एक किसान बताउनु हुन्छ।हामीले सोधेका थियौं ,यो प्रति जनप्रतिनिधिको कत्तिको भूमिका छ भन्दा बताउनु हुन्छ, आउँछन् केवल चुनावको मुखमा, अहिले सम्म छाया सम्म नपरेको उहाँको भनाइ रहेको थियो। के भोलिका दिनमा सल्यानको जनताहरु प्रतिको चाँसोको कुरा कसले सुनुवाई गर्न यो कार्य अगाडि बढाउन सल्यानको जनताहरुको हातको कुरा हो।राम्रो अनि सक्षम् मानिस रोजाई पारेर आफ्नो कृषि परियोजना अगाडि बढ्ने आधार केही सकोस बढोस्।आशा छ। अब सल्यानको जनताले आफूलाई मन पर्ने नेता रोज्ने छन् ताकि ,आफ्नो अनि कृषि क्षेत्रमा टेवा पुर्याउन सहयोग पुगोस , सल्यानको तरकारी देशको हरेक क्षेत्रमा पुगाउन मद्दत पुर्याउँन पहुँचको लागि माथिल्लो निकाय सम्म हात बढोस् ।

Post a Comment

Previous Post Next Post