दोस्रो सक्रिय युवा कप खेलकुदका लागी समाजसेवी विनय रावल द्वार रू एक लाख सहयोग


वर्दिया जिल्लाको गेरूवा गाउपालिकामा हरेक बर्ष सक्रिय युवा समाजले आयाेजना गर्ने सक्रिय युवा कप को दोस्रो सिजनमा बर्दियाका युवा नेता तथा समाजसेवी विनय रावलले एकलाख सहयोग प्रदान गरेका हुन ।

उक्त युवा कप बर्दिया जिल्लामै हुने खेलहरू मध्यको ठुलो खेलकुद समेत मानिन्छ । खेल र खेलाडि राष्ट्रका गहना हुन,खेल र खेलाडीहरूको संरक्षण र प्रबर्धन गर्नकालागी सक्रिय युवा समाज बर्दियाले गेरूवा गाउपालिकामा गर्नर्लागेको दोस्रो सक्रिय युवा कप सफल पार्न तथा बर्दियाली युवा खेलाडीहरूको उर्जा प्राप्तिकालागी अार्थिक सहयोग गरेको विनय रावलको भनाइ रहेको छ ।

बर्दियाका फुटवल खेलाडीहरूलाइ संरक्षण र संबर्धन गरि माैका दिएमा राष्ट्रिय खेलाडीका रूपमा पनि चिनिन सक्ने खेलाडीहरूको क्षमता भएको तर यस प्रति सरकारको ध्यान नगएको बताउछन सक्रिय युवा समाज बर्दियाका अध्यक्ष निश्चल जैशी । जैशी बताउछन हामि बर्दियाका खेलाडीलाइ राष्ट्रिय स्तर सम्म पुर्याउन लागिपरेका छाै ।

निश्चल जेशी बर्दियाली युवाहरूका एक जल्दा बल्दा उदाहरणीय सामाजिक अभियान्ता हुन भने विनय रावल समाज सेवी तथा राष्ट्रिय प्रजातन्त्र पार्टिका युवा नेता र बर्दिया जिल्ला क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार समेत हुन ।



Post a Comment

Previous Post Next Post