दैलेख : ‘प्रथम महाबु खेलकुद तथा साँस्कृतिक कार्यक्रम’ सम्पन्न :भलिबलको उपाधी कालिका युवा क्लबलाई

दैलेख : “राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ झकास मिडिया हाउस प्रा.लि विरेन्द्रनगर सुर्खेतले बडा दशैँको अबसरमा दैलेखको महाबू गाउपालिकाको केन्द्र गैडाबाजमा आयोजना गरेको प्रथम महाबु खेलकुद तथा साँस्कृतिक कार्यक्रम आज सम्पन्न भएको छ ।

यहि असोज १४ गतेबाट सञ्चालन भएको कार्यक्रम आज सम्पन्न भएको हो । कार्यक्रममा भलिबल प्रतियोगिता सहित स्लो बाईक रेस पनि रहेको थियो ।

भलिबल कार्यक्रममा नौ वटा टिम समाबेश भएका थिए ।जसमा कालिका युवा क्लब , महाबु ४ काप्रिखोला (प्रथम),ज्वाला युवा सञ्जाल महाबु ३, बाँसि (ए) (द्वितीय),गिताचौर युवा क्लब महाबु ४, गिताचौर (तृतीय),खरिग‌ैरा युवा क्लब महाबु १ खरिगैरा (सान्त्वना),आएका छन भने पाँच वटा टिम नक आवट भएका छन ।

यस्तै स्लो बाईक रेसम प्रतियोगितामा १३ वटा बाईक समावेश भएकामा प्रथम महाबु १ खरिगैराका कृष्ण बहादुर खत्री भएका छन् ।

प्रतियोगीहरुले क्रमसः भलिबल तर्फ प्रथम पुरस्कार ट्रफी सहित नगद २५ हजार ,दोश्रो पुरस्कार ट्रफी सहित नगद १५ हजार,तृतीय पुरस्कार ट्रफी सहित नगद १० हजार र शान्त्वना पुरस्कार नगद ५ हजार प्राप्त गरेका छन् भने स्लो बाइक रेशमा बिजेताले नगद रु .१० हजार प्राप्त गरेका छन् ।

पुरस्कार महाबु गाउँपालिका-३ का वडा अध्यक्ष कृष्ण कुमार दाहाल आयोजक सस्थाका अध्यक्ष झलक गिरि लगायतको हातबाट वितरण गरिएको थियो । पुरस्कार वितरणपछी समापन कार्यक्रममा बोल्दै दाहालले यस्ता खालका कार्यक्रम नीजी सस्थाले गर्नु सार्है राम्रो रहेको र आफूले यस्ता कार्यक्रमलाई सधै साथ र सहयोग गर्ने बताएका छन । 

त्यसैगरी झकास मिडिया हाउस प्रा.लि का अध्यक्ष झलक गिरिले आगामी दिनमा पनि यस्तै कार्यक्रम हरुको आयोजना गरेर खेलकुद तथा साँस्कृतिक कार्यक्रम लाई थप ईट्टा थप्न आफ्नो भरपुर सहयोग हुने बताएका छन् ।

Post a Comment

Previous Post Next Post