बिनोद कर्ण अहिले भने नेपालगन्जको घरदैलोमा ब्यस्त

 नेपालगन्ज : अस्पतालमा बिरामीको उपचार गर्ने चिकित्सक डाक्टर बिनोद कर्ण अहिले भने नेपालगन्जको घरदैलोमा ब्यस्त बनेका छन् ।


मङ्सिर ४ मा हुने निर्वाचनमा बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) बाट चुनावी अभियानमा होमिएका डाक्टर कर्ण निर्वाचन आयोगबाट प्राप्त चुनाव चिन्ह बिजुलीको चिम (बल्ब) लिएर प्रचारप्रसारमा ब्यस्त बनेका हुन् ।

आफ्नो चिकित्सक पेशालाई थाती राख्दै  राजनीति क्षेत्रमा होमिएका डाक्टर विनोद कर्णले पछिल्लो समयमा मतदाताहरुको मन जित्दै घरदैलो अभियानमा हिडेको भेट्न सकिन्छ । यस क्षेत्रकै चर्चित प्लास्टिक सर्जन डाक्टर कर्ण हातमा आफ्नो चुनाव चिन्ह बल्ब (चिम) अङ्कित प्रचारसामाग्री बोकेर मतदाताको घरदैलोमा बिहानै पुग्ने गर्छन् भने उनको यो ब्यस्तता राती अबेरसम्ममै चल्छ ।


उनको यो चुनावी अभियानलाई युवापुस्ताले विशेष साथ दिएको छ । देशब्यापी नै स्वतन्त्रको लहर चलेको बेला त्यसबाट नेपालगन्ज अछुतो रहने कुरै छैन तसर्थ पनि डाक्टर कर्णको चुनावी अभियानको चर्चा बेग्लै पाइन्छ ।

राजनीतिक दलहरुबाट दिक्क भएका मतदाहरुले स्वतन्त्र उम्मेदवारको खोजी गरिएको अवस्थामा डाक्टर कर्णको उम्मेदवारीले नेपालगन्जमा आशा दिएको स्थानियहरु बताउने गर्छन् ।

Post a Comment

Previous Post Next Post