बाँकेमा 'स्वतन्त्र फिभर' : डाक्टर कर्णको घरदैलोले माहोल ततायो

 नेपालगन्ज : स्थानीय तह निर्वाचन सकिएको करिब ६ महिना भयो । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले जुन किसिमको नतिजा आयो त्यसपछि देशमा 'स्वतन्त्र फिभर' ले सामाजिक संजाल मात्रै होइन भोटमा पनि परिवर्तन हुने संकेत देखा पर्दै गएको छ ।


काठमाडौंमा बालेन शाह र धरानमा हर्क साम्पाङले गरेको काम र निर्णयले स्वतन्त्र उम्मेदवार प्रती अझ मलजल गरेको छ । यस्तोमा बाँकेमा पनि एक जना स्वतन्त्र उम्मेदवारले त्यस्तै किसिमको चुनावी अभियान अगाडी सारेर प्रदेश सभा सदस्यको लागी चुनावमा होमिएका छन् ।


पेशाले चिकित्सक, मध्य तथा सुदुर पश्चिम प्रदेशमै चर्चित प्लास्टिक सर्जन डाक्टर बिनोद कर्ण बाँकेका स्थानीयका लागी बालेर शाह र हर्क साम्पङ हुन् । बालेर र साम्पाङको समर्थनमा रहेका बाँकेका जनाताको लागी कर्ण अबको आशा हुन् । नेपालगन्जको माहोलले त्यस्तै देखाएको छ ।

डाक्टर कर्णको चुनावी अभियानले पनि त्यस्तै संदेश दिएको छ । उनको लोभलाग्दो पेश । लामोसमय सम्म उनले नेपालगन्जमा संचालन गरेको सरसफाइ र बृक्षारोपणको अभियान अनि युवापुस्तामा त्यसको प्रभावले बाँके क्षेत्र नम्बर २ (ख) मा नयाँ खाले माहोल बन्दै गएको युवाहरु बताउदै आएका छन् ।

अस्पतालमा बिरामीको उपचार गर्ने चिकित्सक डाक्टर बिनोद कर्ण अहिले भने नेपालगन्जको घरदैलोमा ब्यस्त बनेका छन् । घरदैलोमै कुनै विशेष केश आउदा अस्पताल पुग्ने गरेका कर्ण स्वतन्त्र उम्मेदवारमा सम्भावना बोकेका उम्मेदवारको रुपमा चिनिन थालेका छन् ।

राजनीतिक दलहरुबाट दिक्क भएका मतदाहरुले स्वतन्त्र उम्मेदवारको खोजी गरिएको अवस्थामा डाक्टर कर्णको उम्मेदवारीले नेपालगन्जमा आशा दिएको स्थानियहरु बताउने गर्छन् ।

मङ्सिर ४ मा हुने निर्वाचनमा बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) बाट चुनावी अभियानमा होमिएका डाक्टर कर्ण निर्वाचन आयोगबाट प्राप्त चुनाव चिन्ह बिजुलीको चिम (बल्ब) लिएर प्रचारप्रसारमा ब्यस्त बनेका छन् ।

Post a Comment

Previous Post Next Post