सल्यान प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ

 सल्यान प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक  जनालाई पक्राउ गरेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ३ को अन्दाजी २० वर्षीय रेवन्त बुढाले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणाी गरेको आरोपमा पक्राउ गरेको हो ।



 विवाह गर्ने प्रलोभन देखाई १२ गते बनगाड कुपिण्डे नगरपालिका १ माल्पेको जंगलमा रातको झन्डै साढे ११ बजे जबरजस्ती करणी गरी ज्यान मार्ने नियतले कुटपिट गरी बेहोस बनाइ भागेका बुढालाई आइतबार सल्लीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 


कुटपिटबाट घाइते भई बेहोस भएकी किशोरीको नेपालगञ्ज उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । अभियुक्त बुढालाई सल्यान जिल्ला अदालतबाट म्याद थपि अनुसन्धान अघि बढाई रहेको प्रहरीको भनाई छ ।

Post a Comment

Previous Post Next Post