प्रदेश सभा सदस्यको लागी स्वतन्त्र उम्मेदवार डाक्टर बिनोद कर्ण

 नेपालगन्ज : बाँके क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्यको लागी स्वतन्त्र उम्मेदवार डाक्टर बिनोद कर्णले नेपालगन्ज वडा नम्बर ११ का मतदातालाई भेटघाट गरेका छन् ।



चुनावी घरदैलो अभियानका क्रममा प्रदेश (ख) प्रदेश सभा सदस्यका उम्मेदवार कर्णले नेपालगन्ज ११ नम्बर वडाका मतदाताको घरदैलोमा पुगेका हुन् ।


नेपालगन्ज वडा नम्बर ११ का मतदाताले स्वतन्त्र उम्मेदवार प्रती देखाएको स्नेहले आफुलाई अझै उर्जा प्रदान गरेको उम्मेदवार कर्णले बताएका छन् ।

पूरा देशमा स्वतन्त्र प्रतिको क्रेज छ, नेपालगन्जमा पनि त्यो क्रेज देख्न पाइयो त्यसैले आफ्नो चुनावी अभियान सफल हुनेमा बिश्वस्त छु, कर्णले बताए ।

हामिले धेरै पार्टी र उम्मेदवारलाई भोट गर्यौ र जितायौ तर न नेपालगन्जको मुहार फेरियो न देशको त्यसैले अब स्वतन्त्र अनि नयाँ अनुहारलाई चुन्ने बताएका वडा नम्बर ११ का मतदाताले बताए । निर्वाचन आयोगबाट बिजुलीको चिम चुनाव चिन्ह पाएका कर्णले हरेक घरमा पुगेर आफ्नो चुनाव चिन्ह र आफ्नो प्रतिबद्धताको बारेमा मतदाता भेट्दै सम्झाउने गरेका छन् ।कर्ण नेपालगन्ज मेडिकल कलेजमा कार्यरत छन् भने उनी मध्य तथा सुदुर पश्चिमकै चर्चित प्लाष्टिक सर्जन हुन् ।

Post a Comment

Previous Post Next Post