त्रिपाठिद्धारा व्यापक रुपमा आचार संहिता उलंघन ः उल्टै आयोग र प्रशासनलाई दवाब



त्रिपाठिद्धारा व्यापक रुपमा आचार संहिता उलंघन ः उल्टै आयोग र प्रशासनलाई दवाब


नवलपरासी , २५ कात्तिक । पश्चिम् नवलपरासी क्ष्ोत्र नम्बर १ मा जनता प्रगतिशिल पार्टिबाट प्रतिनिध िसभा सदस्य तर्फ उमेदवार रहेका नेता ह्रदयेश त्रिपाठिले व्यापक निर्वाचन आचार संहिता उलंघन गरेको पाईएको छ ।

 दुईवटा गाडिमा मात्र झण्डा हालेर हिड्न पाईने भएपनि त्रिपाठिले लावालस्कर सहित दर्जनौ गाडिमा पार्टिको झण्डा हालेर घरदैलोमा हिड्ने गरेका छन । जुलुसमा समेत त्रिपाठिले बालबालिकालाई प्रयोग गर्ने गरेका छन् ।
निर्वाचन आयोगले पटक पटक जानकारी गराएपनि त्रिपाठिले अन्य दलका नेतृत्वलाई कारबाहि गर्न चुनौति दिदै प्रशासनलाई समेत उल्टै धम्क्याउने गरेको बताईएको छ । अन्यदलबाट आचार संहिता उलंघन भएको भन्दै त्रिपाठिले निर्वाचन आयोग र प्रशासन लाई समेत दवाव दिने गरेको श्रोतको दावि छ ।अनेक हतकण्डा अपनाएर चतुर खेलाडिको रुपमा चिनिएका उनि हरहालत आफुलाई एक्लो नेतृत्वको रुपमा दावा गर्ने गरेका छन् । कार्यक्रम र हरेक चुनावि सभामा खासै एजेण्डा प्रस्तुत नगरेका त्रिपाठिले उनका प्रतिष्पर्धि बिनोद चौधरीको बिरोध गर्दै आईरहेका छन् ।

Post a Comment

Previous Post Next Post