स्वास्थ्य क्षेत्रमा लामो समय सकृय डा. विनोद कर्णको चर्चा

 बाँकेको क्षेत्र नम्बर २ (ख) जसलाई अहिले क्षेत्र नम्बर २(२) रुपमा निर्वाचन आयोगले परिचित गरेको छ । जहाँबाट आफ्नो स्वातन्त्र उम्मेदवार दिएका स्वास्थ्य क्षेत्रमा लामो समय सकृय डा. विनोद कर्णको चर्चा राम्रै भएको अनुमान लगाउन सकिन्छ । 



डा. कर्ण नेपालगन्ज सहरमा लामो समयदेखि सरसफाइको अभियानमा सक्रिय व्यक्ति हुन् । जो नेपालगन्जलाई सुन्दर सहरको रुपमा देख्न चाहन्छ भने हरेक व्यक्ति स्वास्थ्यको पहुँचमा हुनुपर्छ भन्ने मान्यता राख्दछन् । उनले आफ्नो प्रतिबद्धता पत्रमा पनि दुर्घटना भएका व्यक्तिदेखि ज्येष्ठ नागरिकलाई निःशूल्क स्वास्थ्य उपचारको एजेण्डा बोकेका छन् । 


समय सान्दर्भिक आफ्ना एजेण्डा र चुनाव चिन्ह ‘बल्भ’ लिएर मतदातको घरदैलो पुगिरहेका डा.कर्णको चुनावी प्रचारको प्रभाव र प्रतिक्रिया पनि राम्रो रहेको अनुमान लगाउन सकिन्छ । चुनावी प्रचार अभियानका क्रममा डा. कर्ण जहाँ–जहाँ पुगिरहेका छन् । सो क्षेत्रका मतदाता नयाँ नेतृत्वको अपेक्षा गरेको उनले पाएका छन् । 

राजनीतिकबाट वाक्क भएका जनताको आशाको केन्द्र बन्न कोशिस गरिरहेका जनतालाई परिवर्तनको विश्वार दिलाउन हरेक मतदातको घर–दैलोमा पुग्नुपर्छ भन्ने मानसिकता डा. कर्णमा रहेको छ । 

मतदाताहरु आफूप्रति उत्साहित रहेको बताउने डा.कर्ण यसपटक जनताले परिवर्तनका लागि आफूलार्ई अत्याधिक मत दिएर जिताउने विश्वास व्यक्त गर्दछन् । 

शनिबार पनि उनले गरेको चुनावी प्रचार–प्रसार धेरै नै प्रभावकारी रहेको छ । नेपालगन्जको वडा नम्बर १२ मा बिहानैदेखि चुनावी प्रचारमा लागेका डा.कर्णलाई स्थानीय मतदातले मुस्कानसहित आफूलाई सहयोग गर्ने प्रतिबद्धता जनाए उनी बताउँछन् । 

परिवर्तित समाजका लागि डा.कर्ण नमुना हुन् । समाजलाई राजनीतिक अड्डाको रुपमा लिने पार्टीका नेताहरुका लागि उनी दरिलो जवाफ हुन् । आफैंलाई राजनीतिज्ञभन्दा स्वास्थ्यकर्मीका रुपमा प्रस्तुत गर्न रुचाउने उनी परिवर्तनका लागि राजनीतिकमा होमिएको बताउँछन् । उनी भन्छन्, ‘मेरो पोसा राजनीति होइन् । राजनीति मेरो रुचीमात्र हो । मलाई राजनीतिबाट कमाउनु छैन, केही लिनु छैन बस नेपालगन्जको मुहार फेर्नुमात्र छ ।’

तसर्थ नेपालगन्ज जस्तो सहरका लागि उनको उम्मेदवारी सार्थक रहेको नेपालगन्जवासी बताउने गर्दछन् । आफैंमा दूरदृृष्टि डा.कर्ण दीर्घकालीन सोच राख्ने र नेपालगन्जको परिवर्तनका लागि योग्य व्यक्ति हुन भन्दा फरक नपर्ला ।

Post a Comment

Previous Post Next Post