चुनावी परिक्षामा प्रथम हुन्छु; नेता बैजनाथ जयसवाल



चुनावी परिक्षामा प्रथम हुन्छु; नेता बैजनाथ जयसवाल

नवलपरासी/२७ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य पदका निर्वाचनका लागि प्रदेशसभा सदस्य पदका उम्मेदवार बैजनाथ जयसवाल चुनावी घरदैलोमा व्यस्त छन् । 



उनी घरदैलो गर्दै यस देशमा विकासको लहर नेपाली कांग्रेसले नै ल्याएको दावी गरेका छन् । प्रतिपक्ष दलहरु चुनावमा कांग्रेसले गरेको विकासका काम र एजेण्डा प्रति नाकारात्मक भ्रम छर्दै हिडाका छन तर यस्तो भ्रममा नपर्न मतदातालाई आग्रह गर्दै देशको विकासमा कांग्रेसको महत्वपुर्ण योगदान रहेको जिकिर गर्दै आफू चुनावी परिक्षामा उत्कृष्ट अंकले प्रथम हुने बताएका छन्। लोकतन्त्रको सुन्दर पक्ष स्वक्ष प्रतिस्पर्धा भएकोले यस प्रतिष्पर्धाको परिक्षामा आफू लाई जनताले भारी मत दी प्रथम बनाउने विश्वाश व्यक्त गरेका छन्। नेता जयसावल नवलपरासी निर्वाचन क्षेत्र २ को (ख) मा कांग्रेसबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार हुन । हिजो पाल्हीनन्दन गाउँपालिका वडा ३ र रामग्राम ४ मा चुनावी घरदैलो कार्यक्रम गर्दै नेता जयसवालले यस देशमा विकासको मुल फुटाउने कांग्रेस रहेकाले कांग्रेसलाई नै मतदान गर्न मतदातालाई आग्रह गरे । आफनो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै नेता जयसालले कृषि क्षेत्रमा मल बीउ,सिँचाईको व्यवस्थापन, बिउबिजन औषधीको समस्या सामाधान गर्न, युवाहरुलाई स्वरोजगार बनाउन,यस क्षेत्रका बाटोघाटोहरु पिच गर्ने, आवश्यक ठाउँमा पुल पुलेसाहरु बनाउन,यस क्षेत्रको पर्यटन विकास गर्ने र यहाँका पिडत जनताहरुको अधिकार सुनिश्चित गराउने आफनो उम्मेदवारी रहेको जिकिर गर्दै यस आफनो बचनमा प्रतिबद्ध रहने मतदातालाई विश्वास दिलाए ।


यस क्षेत्रमा नेकपा एमाले र जसपा गठबन्धनबाट धरेन्द्र यादव, राप्रपा र लोसपाको गठबन्धनबाट नगेन्द्र अग्रहरी, जनमतबाट सन्तोष गिरी लगायतका उम्मेदवारहरु छन् ।

Post a Comment

Previous Post Next Post