बाँकेको नेपालगन्जमा पर्यबेक्षकहरुलाई नियोकको अभिमुखिकरण

मिति ः २०७९ कार्तिक ३० गते 

बाँकेको नेपालगन्जमा पर्यबेक्षकहरुलाई नियोकको अभिमुखिकरण 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा बाँके जिल्लामा पर्यबेक्षण गर्ने पर्यवेक्षकलाई एक दिने अभिमुखिकरण तालिम गरिएको छ । 


राष्टिय निर्वाचन पर्यबेक्षण समिती (नियोक) बाँकेको आयोजनामा मंसिर ४ गते हुने निर्वाचनका लागि उक्त अभिमुखिकरण तालिम गरेको हो । 


नियोक बाँके शाखाका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको अभिमुखिकरण तालिममा राष्टिय निर्वाचन पर्यबेक्षण समिती (नियोक) लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष बसन्त गौतमले निर्वाचन पर्यबेक्षक आचारसंहिताको पूर्ण पालना गरि पर्यबेक्षण गर्न पर्यबेक्षकहरुलाई अनुरोध गरे । नियोकले निर्वाचनको शुक्ष्म र व्यवस्थित रुपमा पर्यबेक्षण गर्दै आएको जनाउदै सोही अनुरुप काम गर्न पर्यबेक्षकहरुलाई उनको अनुरोध थियो । 

यसैगरी कार्यक्रममा बोल्दै नियोक बाँकेका अध्यक्ष नमस्कार शाहले निर्वाचन प्रक्रिया सुधारका लागि स्वतन्त्र पर्यबेक्षण महत्वपूर्ण रहेको बताए । सबैले प्राप्त जिम्मेवारी समयमा र सहि ढंगले गर्न अनुरोध गरे । निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचन पश्चातको पर्यबेक्षण गरि समयमा रिपोटींग गर्नुपर्ने उनले बताए ।  

अभिमुखिकरण तालिममा निर्वाचन पर्यबेक्षण, पर्यबेक्षकले गर्नुपर्ने कार्य, दायित्व, आचारसंहिता र रिपोटिंग प्रक्रियाका बिषयमा सहजकर्ता सिता बोहरा र मन बहादुर भण्डारीले सहजिकरण गरेका थिए । अभिमुखिकरणको क्रममा नमुना पर्यबेक्षण फारम भरी रिपोटींग गरिएको थियो । 

नियोक बाँकेका सचिब हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा नियोक बाँकेका सदस्य प्रतिभा गुर्तालले स्वागत गरेका थिए । अभिमुखिकरणमा १५ जना पर्यबेक्षकको सहभागिता रहेको थियो । नियोकले बाँके जिल्लाका सबै स्थानिय तहमा पर्यबेक्षणका लागि १५ जना पर्यबेक्षक खटाएको छ । 


हेमराज भट्ट

सचिब, नियोक बाँके

Post a Comment

Previous Post Next Post