ओलीले जस्तो हामी संसद विघटन गर्दैनौ : प्रधानमन्त्री देउवा

 ओलीले जस्तो हामी संसद विघटन गर्दैनौ : प्रधानमन्त्री देउवा 


पुष्कर खड्का दैलेख : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दैलेखको दुल्लुमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने ओलीले संसद विघटन गर्नुभयो तर गठबन्धनले संसद विघटन नगरि पूर्ण कार्यकाल राख्न चाहान्छौ। 



 संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि लोकतान्त्रिक–बाम गठबन्धन निर्माण भएको हो, यो दीर्घकालसम्म रहन्छ, त्यसैले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन ।



संसद् विघटन र प्रतिगमनकारी कदमविरुद्ध बनेको गठबन्धन भएकाले देश र समृद्धिका लागि गठबन्धन आवश्यक रहेको उनको भनाइ थियो ।

संविधान पुर्ण रक्षाका लागि गठबन्धन ले जित्नुपर्ने र केपि ओलीको सरकार भए संविधान को रक्षा नहुने बताएका छन । 


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलेको  निर्वाचन भन्दा अहिलेको निर्वाचनभन्दा निकै फरक रहेको बताएका छन् । उक्त कार्यक्रम मा उनले यो निर्वाचन अग्रगमन चाहने शक्ति र प्रतिगमनकारी वीचको लडाँई भएको वताएका हुन् । समग्र कर्णाली को विकास को लागि गठबन्धन लाई जिताउन आग्रह गरेका छन ।

Post a Comment

Previous Post Next Post