बाँकेमा बनाउँदै गरेको बम विष्फोटमा २ विप्लव कार्यकर्ता घाइते

नेपालगन्ज : बाँकेको नेपालगन्जमा बम बनाउँदै गर्दा विष्फोेटनमा परी विप्लवका दुई जना कार्यकर्ता घाइते भएका     छन् ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार बुधबार राति ८ बजेतिर नेपालगन्ज १० भृकुटीनगरमा प्रेसर कुकर बम बनाउँदै गर्दा विष्फोट हुँदा सल्यानको बागचौर नगरपालिका–२ घर भएका २७ वर्षीय डिल्लीबहादुर बीसी र कैलालीको घोडाघोडी नगरपालिका–१ घर भएका ३३ वर्षीय धर्मबहादुर सुनार घाइते भएका हुन् । दुबै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज (नर्सिङ होम)मा उपचार भइरहेको छ । घरमा अरु पनि भए नभएको बारे नेपाली सेनाको बम डिस्पोजल टोलीले सर्च गरिरहेको छ । बम विष्फोटबाट घरको सिलिङमा क्षति पुगेको छ भने छर्राले भित्ता फुटेको छ ।


एसपी अधिकारीले बाँकेमा निर्वाचन विथोल्न तर्साउने उद्देश्यले बम बनाउँदै गरेको अवस्थामा विष्फोट भएको बताए । नेपाली सेनाको टोलीले घरमै रहेका थप २ वटा प्रेसर कुकर बमलाई राति १० ः४० मा र ११ ः ०८ मा डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए । बम विष्फोटको घटनाबाट नेपालगन्जवासी आतंकित भएका छन् ।

Post a Comment

Previous Post Next Post