चौमासिकमा अनिवार्य रुपमा सार्बजनिक सुनुवाइ गर्नुपर्ने

 नेपालगन्ज/ स्थानीय सरकारले आम नागरिकहरुसङ्ग प्रत्यक्ष छलफल गर्नका लागि हरेक चौमासिकमा अनिवार्य रुपमा सार्बजनिक सुनुवाइ गर्नुपर्ने हुन्छ । 


कानुनी प्राबधान बमोजिमनै गरिनुपर्ने सार्बजनिक सुनुवाइ गर्न पालिकाहरु तयार हुदैनन्, झिनो संख्याका पालिकाहरुले मात्रै सुनुवाइ गर्छन् भने सबै प्रक्रिया पुरा गरेर सुनुवाइ गर्ने पालिका त अझै औलामा गणना गर्न सकिने मात्र छन् ।

दोश्रो चौमासिकमा सार्बजनिक सुनुवाइ गर्ने पालिकाहरु मध्ये बाँके जिल्लाको पहिलो बनेको राप्तीसोनारी गाउँपालिकाले बिहिवार सार्बजनिक सुनुवाइ सम्पन्न गरेको छ ।

सुनुवाइमा पालिकाले प्रगति सार्बजनिक गर्ने काम गर्नुका साथै जनताका गुनासो सुन्ने काम गर्यो । गाउँपालिका परिसरमै सम्पन्न सार्बजनिक सुनुवाइमा दोहोरो सम्बाद भइरहँदा एकाएक सबै शाखा प्रमुखहरु कार्यक्रम छाडेर हिंडे । 

पालिकाका अध्यक्ष तप्त पौडेलले नागरिकहरुका प्रश्नहरुको उत्तर दिईरहेका बेला शाखा प्रमुखहरु हिँडे पछि पौडेल आक्रोशित भए । उनले कार्यक्रममै भने- सार्वजनिक सुनुवाइ चलिरहेको छ, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत लगायत जनप्रतिनिधिहरु बसिरहेका छौं । शाखा प्रमुखहरु उठेर हिंड्नु भयो । 

सो बिषयमा प्रमुख प्रशासकिय अधिकृतको ध्यानाकर्षण गराउँदै अध्यक्ष पौडेलले भने- हतार तपाईंहरुलाई मात्र हुन्छ, भोक तपाईंहरुलाई मात्र लाग्छ, सुबिधा तपाईंहरुलाई मात्र चाहिन्छ ? गैरजिम्मेवार बनेर कार्यक्रमबाट हिँड्ने ? 

उनले निर्देशनको शैलीमा भने- अव यस्तो छुट भोलिका दिनमा तपाईंहरुलाई हुनेछैन, राम्रो काम गर्न नसक्ने, नगर्ने जो कोही अब कार्वाहीको भागिदार बन्नु पर्छ ।

कार्यक्रममा उपाध्यक्ष मनिषा चौधरी, प्रमुख प्रशासकीय अधिकृत हरि खत्री लगायत कार्यक्रममा बसिरहँदा कार्यक्रम अन्त नहुँदै सबै शाखा प्रमुख, प्रतिनिधि कार्यक्रम छाडेर हिंड्का थिए ।

Post a Comment

Previous Post Next Post