बालेन र हर्क साम्पाङको फोटो दुरुपयोग गर्दै स्वतन्त्र उम्मेदवार धर्मेन्द्र गिरी



बालेन र हर्क साम्पाङको फोटो दुरुपयोग गर्दै स्वतन्त्र उम्मेदवार धर्मेन्द्र गिरी

नवलपरासी/ २८ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य पदका निर्वाचन अन्तर्गत नवलपरासी निर्वाचन क्षेत्र नं ०२ का प्रतिनीधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार धर्मेन्द्र गिरीले बालेन् र हर्क साम्पाङको फोटो दुरुपयोग गरेका छन्। यति बेला घर दैलो अभियानमा रहेका स्वतन्त्र उम्मेदवार धर्मेन्द्र गिरीले




 काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपनगरपालिकाका मेयर हर्क साम्पाङका फोटो दुरुपयोग गर्दै प्रचारप्रसारमा हिनेका छन् । एक स्थानीयका अनुसार यसरी दुई स्वतन्त्र नगर प्रमुखको फोटो आफ्नो प्रचारप्रसार सामाग्रीमा छापेर हिन्दा जनतालाई भ्रम हुने बताएका छन्। निर्वाचन आयोगले यसरी नै केही स्वतन्त्र उम्मेदवारले मेयर बालेन र हर्क साम्पाङको नाम प्रयोग गर्दै प्रचारप्रसार गरेकोमा दुवै मेयरलाई निर्वाचन आयोगले पत्र काटेको थियो। मेयर बालेन साहले निर्वाचन आयोगको पत्रको जवाफ दिँदै मेरो कुनै पनि उम्मेदवारलाई समर्थन न रहेको त्यस्ता उम्मेदवारलाई कार्यवाही गर्न भनेका छन्।
यस्ता स्वतन्त्रको खाल योडी निर्वाचनमा होममिएका धर्मेन्द्र गिरीलाई निर्वाचन आयोगले कार्यवाही गर्ला की ना गर्ला भन्ने स्थानिय जनमानसमा प्रश्न उठेको छ।

Post a Comment

Previous Post Next Post