यी हुन् बाँकेका स्वतन्त्र उम्मेदवार डक्टर कर्णका प्रतिबद्धता

नेपालगन्ज : लोभलाग्दो चिकित्सा पेशमा रहेका यस क्षेत्रकै चर्चित प्लास्टिक सर्जन डाक्टर बिनोद कर्ण परिवर्तन र बिकासको नारा बोकेर प्रदेश सभा सदस्यको लागी चुनावी मैदानमा होमिएका छन् ।


कर्ण स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिदा उनको नेपालगन्जमा उनको चर्चा संगै उनले उठाएको मुद्दा र चुनावी प्रतिबद्धतामा सबैको नजर पर्दै गएको छ ।

बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का लागी प्रदेश सभा सदस्य उम्मेदवार कर्णले ११ वटा मुख्य बुदामा आफ्नो प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् ।कर्णको प्रतिबद्धतामा शुशाशन तथा भ्रस्टाचार निवारण, रोजगारी, नशा मुक्त बाँके, शिक्षा (गुणस्तरीय तथा परिमार्जित),   स्वास्थ्य (सर्वसुलभ तथा परिमार्जित), सरसफाइ तथा वातावरण, पर्यटन तथा संस्कृत, किसानमुखी कृषि, खेलकुद, पुर्वाधार तथा दिगोबिकास र बिबिध गरेर ११ बुदे आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

Post a Comment

Previous Post Next Post