स्वतन्त्र उम्मेदवार डाक्टर बिनोद कर्णलाई नेपालगन्जका मतदाताले साथ

 नेपालगन्ज : बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार डाक्टर बिनोद कर्णलाई नेपालगन्जका मतदाताले साथ दिएका छन् ।




चिकित्सा पेशामा नाम कहलियका स्वतन्त्र उम्मेदवार डाक्टर कर्णलाई बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का मतदाताको साथ मिलेको हो ।

देशमा स्वतन्त्र उम्मेदवार प्रतिको मोह र लहरका कारण पनि बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का उम्मेदवार डाक्टर कर्णलाई मतदाताको साथ र माया रहेको स्थानीयको बुझाई छ ।


कर्ण आफैमा पनि लामो समय देखी सामाजिक कार्यमा अग्रसर रहेर ग्रीन नेपालगन्ज अभियानलाई निरन्तर अगाडी बढाउदै आएका ब्यक्ति रहेका कारण समेत मतदाताको साथ र हौसला पाएका छन् ।बाँके क्षेत्र नम्बर दुइका स्थानीयलाई कर्णले जितेको खण्डमा क्षेत्रको बिकास र उनले गरेका बाचा पूरा गर्ने कुरामा बिश्वस्त छन्, जसले गर्दा कर्ण घरदैलोका क्रममा जहाँ-जहाँ पुग्छन् उनलाई मतदाताको साथ र हौसला मिलेको छ ।

स्वतन्त्र उम्मेदवार कर्णका अनुसार नेपालगन्जको मतदाताको ठूलो आशा र भरोसा प्राप्त गरेको छु, त्यतिकै साथ र हौसला प्राप्त गरेको कारण पनि चुनावी अभियानमा आफुलाई सहज भएको बताउछन् ।

ठुला राजनैतिक दल र गठबन्धन गरेर चुनावमा होमिएका दलका उम्मेदवार भन्दा पृथक शैलीले मतदाताको दैलोमा पुग्दै आफ्नो योजना सुनाउने कर्णलाई युवापुस्ताले मात्रै होईन वृद्धवृद्धाले समेत माया र जितको आशिर्वाद दिएका छन् ।

Post a Comment

Previous Post Next Post