नजिकिदै गर्दा बाँकेको चुनावी माहोल चरममा पुगेको छ ।

 नेपालगन्ज : मंसिर ४ गतेको मिति नजिकिदै गर्दा बाँकेको चुनावी माहोल चरममा पुगेको छ । 

पेचिलो समेत रहेको बाके क्षेत्र नम्बर दुइमा दुई गठबन्धन र जसपाको उम्मेदवारलाई हराएर विजयी बन्ने दाउमा छन् दिवाकर खनाल ।नेपाल सिवसेनाको समर्थन रहेको स्वतन्त्र उम्मेदवार दिवाकर खनाल शर्माले आफ्नो चुनावी अभियान तिब्र गतिमा अगाडी बढेको बताउछन् ।


म हरेक मतदाताको घर घरमा पुग्दै आएको छु । मतदाताले मलाई र मेरो एजेन्डालाई मन पराएका छन् र मलाई बाचा गरेका छन् , खनालले बताए ।

हरेक घरमा पुग्ने र हरेक मतदातालाई भेट्ने अभियान सहित चुनावी अभियान थालेका खनालले आफूले भेटेको मतदाताको बिश्वास जितेको दाबी गर्दै आएका छन् ।


बाके क्षेत्र नम्बर दुई प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी घोषणा गरेर चुनावी माहोलमा होमिएका खनाललाई नेपाल सिवसेनाले समर्थन गरेको छ ।

Post a Comment

Previous Post Next Post