डाक्टर बिनोद कर्ण हातमा बिजुलिको चिम अङ्कित प्रसार प्रसारको सामाग्री लिएर चुनावी अभियानमा

नेपालगन्ज : बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार डाक्टर बिनोद कर्ण हातमा बिजुलिको चिम अङ्कित प्रसार प्रसारको सामाग्री लिएर चुनावी अभियानमा होमिएका छन् ।


स्वतन्त्र उम्मेदवार बनेका डाक्टर कर्णलाई निर्वाचन आयोगबाट चुनाव चिन्ह बल्ब 'बिजुलीको चिम' हात लागे पछि बिजुलिको चिम बोकेर टोल टोलमा पुग्दै आएका हुन् । मध्य तथा सुदुर पश्चिम क्षेत्रमै कहलिएका प्लास्टिक सर्जन डाक्टर कर्ण बिकास र समृद्धिको लागी चुनावी माहोलमा कुदेको बताउने गर्छन् । चिकित्सा पेशामा नाम कहलियका स्वतन्त्र उम्मेदवार डाक्टर कर्णलाई बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का मतदाताको साथ समेत मिलेको छ । देशमा स्वतन्त्र उम्मेदवार प्रतिको मोह र लहरका कारण पनि बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का उम्मेदवार डाक्टर कर्णलाई मतदाताको साथ र माया रहेको स्थानीयको बुझाई छ । कर्ण आफैमा पनि लामो समय देखी सामाजिक कार्यमा अग्रसर रहेर ग्रीन नेपालगन्ज अभियानलाई निरन्तर अगाडी बढाउदै आएका ब्यक्ति रहेका कारण समेत मतदाताको साथ र हौसला पाएका छन् । बाँके क्षेत्र नम्बर दुइका स्थानीयलाई कर्णले जितेको खण्डमा क्षेत्रको बिकास र उनले गरेका बाचा पूरा गर्ने कुरामा बिश्वस्त छन्, जसले गर्दा कर्ण घरदैलोका क्रममा जहाँ-जहाँ पुग्छन् उनलाई मतदाताको साथ र हौसला मिलेको छ । स्वतन्त्र उम्मेदवार कर्णका अनुसार नेपालगन्जको मतदाताको ठूलो आशा र भरोसा प्राप्त गरेको छु, त्यतिकै साथ र हौसला प्राप्त गरेको कारण पनि चुनावी अभियानमा आफुलाई सहज भएको बताउछन् ।
ठुला राजनैतिक दल र गठबन्धन गरेर चुनावमा होमिएका दलका उम्मेदवार भन्दा पृथक शैलीले मतदाताको दैलोमा पुग्दै आफ्नो योजना सुनाउने कर्णलाई युवापुस्ताले मात्रै होईन वृद्धवृद्धाले समेत माया र जितको आशिर्वाद दिएका छन् ।


Post a Comment

Previous Post Next Post