स्वतन्त्र उम्मेदवार डाक्टर बिनोद कर्णले मतदाताको मन जित्न सफल

 नेपालगन्ज : बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार डाक्टर बिनोद कर्णले मतदाताको मन जित्न सफल रहेको चर्चा सुरु भएको छ ।


बिहान देखी अबेर रातिसम्म मतदाताको घर घरमा पुग्दै आफ्ना एजेन्डा र बिकास मोडेलको बारेमा चर्चा परिचर्चा गर्दै आएका स्वतन्त्र उम्मेदवार डाक्टर बिनोद कर्णलाई मतदाताले निकै रुचाइएको उम्मेदवारको रुपमा हेरिन थालेको छ ।

उसो त डाक्टर मध्य तथा सुदुर पश्चिमकै चर्चित प्लास्टिक सर्जन बिनोद कर्ण सबैका प्रीय छन् । गरिब, असहायलाई उपचारमा सहयोग गर्दै आएका कर्ण नेपालगन्जमा ग्रीन नेपालगन्ज क्लिन नेपालगन्जका अभियन्ता समेत हुन् ।

उनी चुनावी मैदानमा होमिदा होस या चिकित्सक पेशामा उनी सबैका मन जित्दै आएका ब्यक्ति हुन् ।


तर पछिल्लो समय उनै सबैका प्रीय डाक्टर कर्ण आफ्नो चुनाव चिन्ह बल्ब (बिजुलीको चिम) चिनाउन घरदैलोमा निस्किने गर्दा उम्मेदवारको रुपमा सबैको मन जित्न थालेका छन् ।

उम्मेदवारलाई नेपालगन्जको धरातलको समस्या र सोको समाधानको खाका सहित घरदैलोमा पुग्ने कर्णलाई बाके क्षेत्र नम्बर २ (ख) का मतदाताले स्वागत गर्दै अभियानलाई तिब्र बनाउन सल्लाह समेत दिएको सम्झन्छन् डाक्टर कर्ण ।

Post a Comment

Previous Post Next Post