प्लास्टिक सर्जन डाक्टर बिनोद कर्णको चुनावी अभियान

 कार्तिक २० गते, नेपालगन्ज 

मङ्सिर ४ गते मतदान हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार चरममा पुगेको छ ।


बाँकेमा प्रतिनिधिसभाका ३ र प्रदेशसभाको ६ पदको लागी चुनावी प्रतिस्पर्धा हुनेछ । यस्तोमा बाँके क्षेत्र नम्बर दुई प्रदेश (ख) बाट प्रदेश सभा सदस्यको लागी चुनावी अभियानमा होमिएका ‘डाक्टर उम्मेदवार’ को चर्चा र चुनावी अभियान अलि बेग्लै छ ।


नेपालगन्ज मेडिकल कलेजमा कार्यरत मध्य तथा सुदुर पश्चिमकै चर्चित प्लास्टिक सर्जन डाक्टर बिनोद कर्णले बाँके क्षेत्र नम्बर दुई प्रदेश (ख) का लागी प्रदेश सभा सदस्यमा उम्मेदवारी घोषणा गरे संगै नेपालगन्जमा उनको चर्चा चुलिदै गएको थियो जुन हाल चरममा पुगेको छ ।

यस क्षेत्रकै चर्चित प्लास्टिक सर्जन डाक्टर कर्ण हरेक दिन सामाजिक कार्यमा बजारकै कुनै कुनामा भेटी रहने ब्यक्ति हुन् । नेपालगन्ज नगरमा सरसफाइ, बृक्षारोपन तथा अन्य समाजिक कार्यमा कर्ण चिरपरिचित नाम हो ।

सन् २०१६ सेप्टेम्बर ३ मा पहिलोपटक डाक्टर कर्णले सरसफाइ अभियान सुरु गरेका याद गर्छन् । लामो समय बिदेशमा पढाईको सिलसिलामा बसाई गरेर नेपालगन्ज फर्किदा उस्तै फोहोर शहर देखे पछि आफै जुट्नु पर्छ भन्ने सोचका साथ ग्रीन एन्ड क्लिन नेपालगन्जको अभियान साथिहरु संग मिलेर सुरु गरेको बताउछन् कर्ण ।


उ बेला केही क्लबका साथिहरु र केही ब्यक्तिहरु मिलेर कारकादो चोक देखी पुष्पलाल चोकसम्म पहिलोपटक सरसफाइ गरेका थियौं, पछि त्यो अभियान पूरा नेपालगन्ज र आसपासका क्षेत्रमा फैलिदै गयो । डाक्टर कर्णले बताए ।

लामो समय सामाजिक कार्यमा र नेपालगन्जको वातावरण स्वच्छ राखौं भन्ने अभिप्रायले अभियानको रुपमा कार्य गर्दै आएका कर्णले २०७४ को चुनावमा समेत उम्मेदवारी घोषणा गरेर चुनावमा होमिएका थिए । उ बेला डाक्टर कर्ण बैकल्पिक शक्ति भनेर आफुलाई चिनाउने विवेकशील साझा पार्टीको प्रतिनिधित्व गर्दै चुनावमा होमिएका थिए ।

अहिले भने डाक्टर कर्ण स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा हिडेका छन् । आज नेपालगन्ज उपमहानगरपालिका वडा न.५/६ का टोलहरुमा घरदैलोमा पुगेका छन। भोटको आश्वासन संगै सबैको स्नेह बटुलेको कर्णको अनुभव छ ।

कर्ण आफुले सकृय राजनीतिमा भन्दा पनि आफ्नो शहरलाई राम्रो पार्न चुनावी मैदानमा होमिएको बताउछन् । मलाई राजनीति गर्नु, राज्यको नीति नियम निर्माणको तहमा पुग्नु भन्दा पनि आफ्नो शहर कसरी बिकास गर्न सकिन्छ त्यता तर्फ ध्यान भएकाले प्रदेशमा आफुले उम्मेदवारी दिने बताउछन् ।

अरुले मेरो शहर बनाई दिएला भन्दा भन्दै कसैले नगरे पछि मैले आफै उम्मेदवारी घोषणा गरेको हो । कर्ण बताउछन् ।

डाक्टर कर्ण चिकित्सा क्षेत्रमा जस्तै चुनावी मैदानमा सफल होलान्, उनले बोकेका ग्रीन एण्ड क्लिन नेपालगन्जको मुद्दालाई बाँके क्षेत्र नम्बर दुई प्रदेश (ख) का जनताले पत्याउलान त्यो निर्वाचनको परिणाम कुर्नै पर्छ तर जसरी उनले उठाएका मुद्दा  साधारण लागे पनि जनताको प्रत्यक्ष सरोकार राख्ने बिषय भएकाले स्थानीयहरु कर्ण संग जोडिदै गएका छन् ।

Post a Comment

Previous Post Next Post