मतदाताको घर–घरमा पुग्दै प्रदेश सभा उम्मेदवार कर्ण

 मतदाताको घर–घरमा पुग्दै प्रदेश सभा उम्मेदवार कर्ण 

नेपालगन्ज –

बाँकेको क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभाका लागि स्वातन्त्र उम्मेदवार दिएका डाक्टर विनोद कर्ण यतिबेला चुनावी प्रचारका लागि मतदाताको घर–घरमा ब्यस्त रहेका छन् । प्रत्यक मतदातालाई भेट्नु पर्छ भन्ने उनको मान्यताका कारण उनी प्रत्येक मतदातालाई भेट्ने अभियानमा रहेका छन् । 

शनिबार पनि डाक्टर कर्ण दिनभर नेपालगन्ज उप–


महानगरपाकिला वडा नम्बर १ क्षेत्रमा ब्यस्त रहेको छन् । डाक्छर कर्णले वडा नम्बर रहेको धम्बोझी, वाटरपार्क क्षेत्रका मतदाताको घर–घरमा पुगेर भेटे । 

स्वास्थ्य क्षेत्रबाट उदायका बाँकेका परिचित डाक्टर कर्ण आफ्ना एजेण्डा प्रत्येक मतदाताले थापा पाउनु पर्ने बताउँछन् । उनी भन्छन्, ‘जनतालाई तामझाम चाहिएको छैन र तामझामका साथ चुनाव प्रचार गर्न पनि आवश्यक छैन । बस आफ्नो एजेण्डा जनतालाई बुझाउन सक्नु पर्छ ।’ डाक्टर कर्ण जनताले देखावटीभन्दा वास्तविकतालाई विश्वास गर्ने गरेको बताउँछन् ।   

चुनावी प्रचारका क्रममा डाक्टर कर्णप्रति मतदाता सकारात्मक देखिने गरेका छन् । कर्ण हार जितका लागिमात्रै चुनावी प्रचारमा नहिँडेर जनतालाई विश्वास दिलाउन हिँड्नु पर्ने बताउँछन् ।

Post a Comment

Previous Post Next Post