बिबाह विरुद्ध साझा अभियान र दुल्लू नगरपालिका को समन्वयमा वाल्कथन कार्यक्रम सम्पन्न

 दैलेख जिल्लाको दुल्लू नगरपालिका मा हामी सबैको ऐक्यवद्धता बाल विवाह विरुद्ध प्रतिबद्धता भन्ने मुलनारा का साथ दुल्लू नगरपालिकामा बालविवाह अन्त्यका लागि वाल्कथन कार्यक्रम सम्पन्न भएको छ ।




एकपात लक्जम्वर्ग को आर्थीक सहयोग र आवाज संस्था संकल्प परियोजना दुल्लूको आयोजनामा बाल बिबाह विरुद्ध साझा अभियान र दुल्लू नगरपालिका को समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो भने सक्रिय युबा क्लब (AYC Nepal) र इलाका प्रहरी कार्यालय दुल्लूको प्राविधिक सहयोग रहेको थियो ।


उक्त कार्यक्रमको सभाध्यक्षता आवाज दैलेखका जिल्ला परियोजना संयोजक प्रदिप कुमार थापा ले गर्नु भएको थियो , प्रमुख अतिथ्यता कर्णाली प्रदेशका नव निर्वाचित प्रदेश सभा सदस्य घनश्याम भन्डारी ले गर्नु भएको थियो भने विशेषअतिथि मा दुल्लू नगरपालिकाका प्रमुख भरत प्रसाद रिजाल तथा उपप्रमुख बिना कार्कीको रहेको थियो । धार्मिकगुरु समुहका अध्यक्ष, दुल्लू नगरपालिकाका महिला बिकास निरीक्षक, दुल्लू नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्षहरु तथा निगरानी समुहका अध्यक्ष लगाएतको अतिथ्यता रहेको थियो ।


उक्त कार्यक्रममा करिब ३० जना प्रतिस्पर्धी रहेका थिए । प्रतिस्पर्धामा उत्रिनुभएका प्रतिस्पर्धीले बाल विबाह अन्त्यका लागि युबा जागौ उच्चारण गर्दै करिब ३ किलो मिटरको दुरिपार गर्नु भएको थियो जसमध्य ११ मिनेटमा दुरि पार गर्दै पुरुषतर्फका सन्दिप भन्डारीले प्रथम स्थान हासिल गर्नु भएको थियो भने ,द्वितीय,तृतीय क्रमश भरत प्रसाद लम्साल,टिकाराम खनालले स्थान हासिल गर्नु भएको थियो भने महिला तर्फका प्रतिस्पर्धि कमला कुमारी रावतले १६ मिनेट मा ३ किलोमिटर दुरि पार गर्दै प्रथम स्थान हात पार्नु भएको थियो भने द्वितीय,तृतीय क्रमश भगवती खड्का र पुर्णिमा चौलागाइले स्थान हासिल गर्नुभएको थियो ।

उक्तकार्यक्रम मा दुल्लू नगरपालिकाका प्रमुख रिजाल तथा उपप्रमुख कार्की ले आयोजक लाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम आयोजना गर्न र आगामीदिनमा पनि प्रतिस्पर्धिले आफ्नो क्षमतालाई निरन्तर राख्न आग्रह गर्दै मन्तब्य राख्नु भएको थियो ।


अन्तिममा कार्यक्रमको समापन गर्दै सभाध्यक्ष थापाले बाल विवाह बिरुद्धको अभियानमा सबैले हातेमालो गर्नु पर्ने जनाउनु भएको थियो भने उपस्थित सबैलाइ धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न गर्नु भएको थियो ।

Post a Comment

Previous Post Next Post