नया नेतृत्व चयन गर्दै रामजानकी मन्दिर संरक्षण संस्थाको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

 नया नेतृत्व चयन गर्दै रामजानकी मन्दिर संरक्षण संस्थाको तेश्रो वार्षिक साधारणसभा सम्पन्न 


रन्जीत शर्मा /नवलपरासी /०२ पुस । 

पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा न० २ हरपुरमा अवस्थित राम मन्दिर संरक्षण संस्थाको तेश्रो वार्षिक साधारणसभा तथा पहिलो अधिबेशन आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । 





संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पारसनाथ सहानीले संस्थामा आ०ब० ०७८/०७९ मा १४ हजार १ सय ५० रूपयाँ आय र १६ हजार ५ सय ३० रूपयाँ खर्च गरेको छ। संस्था हाल २ हजार ०३ सय ८० रूपयाँ घाटामा रहेको बताएका छन्।


रामजानकी मन्दिर संरक्षण संस्थाका अध्यक्ष पारसनाथ सहानिको अध्यक्ष्ाता तथा पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०२ का वार्ड अध्यक्ष जगदीश प्रशाद गुप्ताको प्रमूख अतिथिकतामा सम्पन भएको छ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले यस संस्थाले मन्दिरको संरक्षणको लागि अमूल्य योगदान गरेको भन्दै यस मन्दिरको थप विकास गर्न आफू आफ्नो तर्फबाट पहल गर्ने विश्वाश व्यक्त गरेका छन्। 


पहिलो अधिबेशनबाट पुन; पारसनाथ सहानिको अध्यक्षतामा नयाँ ११ जना कार्यसमिति गठन गरिएको छ। उपाध्यक्षमा रामनिवास तिवारी,सचिवमा नित्यानन्द पाण्डे, कोषध्यक्षमा सपना खनाल,सदस्यमा कान्छा केवट, गजेन्द्र प्रसाद यादव,केवश तिवारी,जोखई पटेल, गौतमी देवी हरिजन,श्री खटिक,लालचन विश्वकर्मा सर्व सहमतले चयन भएका छन्। 


त्यसले सल्लाहकार समिति रामनगिना सिंहको संयोजकतामा १३ जना कार्यसमिती चयन गरिएको छ। सदस्यहरुमा दीनानाथ तिवारी,ध्रुवनारायण केवट, राजु कुर्मी,जितबहादुर कुर्मी,रंजीत कुमार लोहार,दीर्घ नारायण पटेल,इन्द्रदत्त तिवारी, सुभाष गुप्ता,फौजदार गुप्ता,कल्फु चौहान,गायत्री तेली,सुनिता नाउँ सर्वसहमति ले चयन भएका छन्। 


त्यस्तै समिति संरक्षणको लागि संरक्षण समिति वार्ड अध्यक्ष जगदीश प्रसाद गुप्ता संयोजक रहेको सदस्यमा लीलावती हरिजन, छोटेलाल पासवान,आसमा खातुन, रामसजीवन गुप्ता,विश्वनाथ यादव चयन भएका छन्। 


कार्यक्रममा संस्थापक सन्त महाराज हरिहर दास,पुर्ब वार्ड अध्यक्ष रामनगिना सिंह,पाल्हिनन्दन गाउँपालिकाका कार्यपालिका सदस्य लीलावती हरिजन,छोटेलाल पासवान,वडा सदस्य रामसजीवन गुप्ता, विश्वनाथ यादव,आसमा खातुन, हरपुर आय आर्जन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दीनानाथ तिवारी,शंकरपुर प्रा.वि. का प्रधानध्यापक राजेश प्रसाद प्रजापति लगायतको उपस्थिति रहेको थियो भने स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष सपना खनालले राख्नु भएको थियो भने कार्यक्रम सन्चालन रन्जीत शर्माले गरेका थिए ।

Post a Comment

Previous Post Next Post