काेहलपुर नगरस्तरिय छैटाैं मेयर कप रनिङ शिल्डमा त्रिभुवन मा. वि. प्रथम

काेहलपुर नगरस्तरिय छैटाैं मेयर कप रनिङ शिल्डमा त्रिभुवन मा. वि. प्रथम

माध्यामिक विद्यालय स्तरीय छैटाैं मेयर कप रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता–२०७९ को उपाधी त्रिभुवन माध्यमिक विद्यालयले हात पार्न सफल भएको छ । काेहलपुर नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भई साेमबार समापन भएको प्रतियोगितामा सामुदायिक र संस्थागत गरि ३७ वटा विद्यालयको सहभागिता रहेकोमा त्रिभुवन मा वि प्रथम हुन सफल भएको हो । प्रतियाेगितामा ग्रीनपिस मा वि दितिय र डायनेमिक मा वि ले तृतिय स्थान हासिल गरेका छन।



समापनमा काेहलपुर गरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै खेलकुदमा प्राथमिकता दिइएको बताउनुभयो । नगर प्रमुख आचार्यले आगामी दिनमा खेलकुद सप्ताह राखि खेलकुदलाई आगाडीबढाउनु पर्नेमा जाेड दिनुभयाे ।समाहराेमा नगर उप प्रमुख संगिता सुवेदीले युवाहरु खेलकुद प्रति रुचिबढेकाे भन्दै सबै विद्यालयहरुलाई खेलकुदलाई प्राथमिकता दिन विद्यालयहरुलाई आग्रह गर्नुभयाे।
ग्रीनपिसकी तुलसा दमाई उत्कृष्ट खेलाडी
ग्रीनपिसकी तुलसा दमाई उत्कृष्ट खेलाडी घाेषणा भएकी छन। उनले नगर प्रमुख पुर्ण प्रसाद आचार्यकाे तर्फबाट रु ५१ हजार नगद समेत प्राप्त गरीन।

Post a Comment

Previous Post Next Post