वाल विवाह अन्त्यका लागी भैरहेका कार्यहरुको समिक्षा गोष्ठि सम्पन्न ।

                वाल विवाह अन्त्यका लागी भैरहेका कार्यहरुको समिक्षा गोष्ठि सम्पन्न ।


कर्णालि र लुम्बिनि प्रदेशका जिल्लाहरुमा बालविवाह अन्त्य गर्नका निम्ति भैरहेका विभिन्न कार्यक्रम तथा प्रयासहरुको समिक्षात्मक बैठक नेपालगन्जको सिग्नेट इन. मा सम्पन्न भएको छ ।





 आवाज संस्थाले आयोजना गरेको उक्त समिक्षात्मक बैठकमा बालविवाह न्युनिकरणमा लागेका विभिन्न सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो । आवाज संस्था द्धारा संचालित संकल्प परियोजना मार्फत कर्णालि प्रदेशको दैलेख जिल्ला र लुम्बिनि प्रदेशको बर्दिया जिल्लामा बालविवाह अन्त्यका लागी विभिन्न कार्यक्रमहरु भैरहेका छन । तिन दिन सम्म चलेको उक्त समिक्षात्मक बैठकमा बाल विवाह न्युनिकरणका विषयमा छलफल समेत भएको थियो ।


आवाज संस्थाका कार्यक्रम निर्देशक चेतन गिरीले कर्णालि र लुम्बिनि प्रदेशकमा बाल विवाह जस्तो सामाजिक समस्या विकराल रुपमा रहेको र यसको न्युनिकरणका लागी संकल्प परियोजना सफल रहेको बताउनु भयो ।

Post a Comment

Previous Post Next Post