नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)तुलसीपुर उपमहानगरपालिका अध्यक्ष मा के.बि

 पौष ८ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङ जिल्ला अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीको दोस्रो नगर सम्मेलन समपन्न भएको छ ।



आज शुक्रबार तुलसीपुरमा भएको दोस्रो नगर सम्मेलनले केवी वलीको अध्यक्षतामा २ जना पछि थप गर्नेगरी २७ सदस्यीय तुलसीपुर उपमहानगर कमिटी निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा कमला चन्द , सचिवमा प्रेम परियार ,सह-सचिवमा रोशन परियार , कोषाध्यक्षमा सौगात चौधरीलाई सदस्य हरुमा दिपक बस्नेत , कल्पना खड्का ,सम्झना परियार , दिपेन्द्र शाही , खेमराज डाँगी, उमेश न्यौपाने , सुजल के.सि , सरद भण्डारी , मिना मगर , सविता पोख्रेल , राम कलि थापा , प्रीति खत्री , अञ्जली खत्री , सुषमा आचार्य , दिपेन्द्र वली , प्रतीक्षा लामिछाने , सीता वली , अञ्जली खड्का ,सुजता बुढाथोकी , आयुसी रिजाल निर्वाचित गरिएको हो ।

दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य प्रदिप सीले युवा बिद्यार्थीहरुले देश संकटमा रहदा आवाज बुलन्द गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उनले भने – ‘ मुलुक संकटमा भएको बेला युवा बिद्यार्थीहरुले बोल्नुपर्छ । आज नेपालमा साम्राज्यवादी षड्यन्त्र मौलाइरहेको बेला बिद्यार्थीहरुले बिद्रोह गर्न सक्नुपर्छ ।’


नेता प्रदिप सीले शिक्षा अव्यवहारिक , असमान , बिभेदकारि , अवैज्ञानिक शिक्षाका विरुद्ध आन्दोलन केन्द्रित गर्नुपर्ने बेला आएको छ । उनले थपे – ‘ एउटै देशमा दुइवटा शिक्षा चलिरहेका छन । यो द्वैध शिक्षालाइ बदल्नुपर्छ । यसको नेतृत्व अखिल (क्रान्तिकारी)ले गर्नुपर्छ । बिदेशी भुमिमा आवश्यक पर्ने कामदार उत्पादन गर्ने अव्यवहारिक शिक्षालाइ बदलेर यसको ठाउमा वैज्ञानिक समाजवादी शिक्षा प्राप्तीका लागि अब आन्दोलन केन्द्रित गर्नुपर्छ बताउनु भएको हो 

दोस्रो नगर सम्मेलनमा अखिल (क्रान्तिकारी )का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज बिज्ञान सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम दाङका अध्यक्ष हेमन्त प्रकाश सी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नवनिर्वाचित उपमहानगर कमिटीका सचिव प्रेम परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य प्रदिप सीको प्रमुख आतिथ्य रहेको थियो भने अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज बिज्ञान सी , नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज बिजय सी , युवा संगठन नेपाल दाङका अध्यक्ष सुदर्शन सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश सी , युवा संगठन नेपाल तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज सपनशिला , नेकपा दाङ जिल्ला कमिटी सदस्य अमरसिंह , अखिल (क्रान्तिकारी ) दाङका संयोजक खुमन सी , अखिल (क्रान्तिकारी) दाङ जिल्ला सचिवालय सदस्यहरु दिपक सी , टार्जन सी , हिमाल सीको आतिथ्य रहेको थियो ।कार्यक्रममा प्यानल प्रस्ताव अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक खुमन सीले गरेका थिए भने नवनिर्वाचित कमिटीलाई सपथग्रहन संगठनका लुम्बिनी प्रदेश संयोजक बिज्ञान सीले गराएका थिए ।

दोस्रो नगर सम्मेलनको अध्यक्षता संगठनका जिल्ला सचिवालय सदस्य नवीन सीले गरेका थिए भन्ने संचालन नवनिर्वाचित अध्यक्ष के.बि ले गरेका थिए ।

Post a Comment

Previous Post Next Post