विजेता खेलाडीहरुलाई आज शिल्ड तथा ट्रफि वितरण कार्यक्रम सम्पन्न

 नेपालगन्ज : मध्य तथा सुदूरपश्चिम क्षेत्रमा शिक्षामा आफ्नो छुट्टै पहिचान बनाउन सफल जि भि एन मा-बि- नेपालगन्जको स्पोर्ट्स मिट्स कार्यक्रम सम्पन्न भएको छ । उक्त खेलकुदमा  विजेता खेलाडीहरुलाई आज शिल्ड तथा ट्रफि वितरण गरिएको हो ।










जिल्ला शिक्षा समन्वय एकाइका  प्रमुख भगवान पौडेलको प्रमुख आतिथ्यमा विजेता खेलाडीहरुलाई भएको ट्रफि  वितरण  कार्यक्रममा  ब्याडमिन्टन, फुटशल, भलिबल  विधामा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराइएको थियोे । आज विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा बोल्दै जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख पौडेलले जिभिएन मा-वि-ले बाँके जिल्लामा मात्र नभएर पश्चिम क्षेत्रमै आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको बताउदै यसलाई निरन्तरता दिन शुभकामना दिनु भएको थियो ।

पौडेलले विद्यार्थीहरुलाई पढाइका अलावा खेलकुदमा पनि सहभागी गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नमा पनि यस्ता आयोजनाले सहयोग पुरातनवादी पुर्‍याउने बताउनुभयो ।   साइन्स विभागमा अध्ययनरत छात्रा  बर्षा पाण्डेले सञ्चालन गरेको कार्यक्रम  विद्यालयका कार्यकारी प्रमुख गणेश भण्डारीले अध्यक्षता गर्नुभएको थियोे । त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि भगवान पौडेल, विशिष्ट अतिथि जगतज्योति मा-वि- नेपालगन्जका प्रधानाध्यापक इश्वर पौडेल, विद्यालयका प्रिन्सिपल मान बहादुर थापा, संयोजक खुमलाल शर्मा लगायतको उपस्थिति रहेको थियोे ।


Post a Comment

Previous Post Next Post