खाता खोलियो; रकम गएन; मेयर यादवले रोकेको आरोप

खाता खोलियो; रकम गएन; मेयर यादवले रोकेको आरोप 


रंजीत शर्मा /नवलपरासी /०८ माघ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले विगत साल देखि सञ्चालन गरेको छोरी पढाउ छोरी बचाउ अभियान अन्तर्गतका लाभान्वित समुहको खाता खुले पनि हाल सम्म रकम न पाएको अभिभावकहरुले वताएका छन्।


निवर्तमान मेयर नरेन्द्र गुप्ताको कार्यकालमा सुरु भएको यो अभियान अन्तर्गत जन्मको छोरीको नाममा पच्चीस हजार रकम अनुदान दिने भनिएको भए पनि हाल सम्म उक्त रकम भएका छैन्। 



छोरी बचाऊ,छोरी पढाऊ भन्ने अभियान अन्तर्गत ग रामग्राम नगरपालिकाले नगरपालिका भित्र जन्मेका वा जन्मने छोरीहरुका परिवारलाई २५ हजार रुपियाँ रकम बैंकमा जम्मा गरिदिने निर्णय गरेको भए पनि हाल सम्म न पाइएकोले रामग्राम नगरपालिकाका मेयर धनपत यादवले रोकेको अभिभावक सेवाग्राहीले आरोप लगाएका छन् । 


उक्त अभियानको लागि रामग्राम नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा नै ५० लाख रूपयाँ छुटाएको थियो तर स्थानीय निर्वाचनले गत आर्थिक वर्ष सबैको लाभविन्तको खातामा हाल्न नसकेको नगरपालिकाका सूचना अधिकारीले बताए । यस आर्थिक वर्षमा उक्त अभियानका लागि गत वर्ष कै रकम अल्या गरिएको भए पनि हाल सम्म सेवाग्राहीको खातामा  रकम पुगेको छैन् ।


एक सेवाग्राहका अनुसार बैंक खाता खोली सकेको सबै तथ्याङ्क संकलन भए पनि हाल सम्म नगरपालिकाले यस कुरालाई गम्भीर रूप दिन सकेको छैन। 


तराई मधेश क्षेत्रमा रहेको रामग्राम नगरपाकिलामा अधिकांश तराई मुलका मानिसहरुको बसोबास रहेको अवश्थामा यहाँको समाजमा छोरी प्रति अलि नकारात्मक भावना रहेको हुनाले छोरीको शिक्षाको क्षेत्रमा एउटा जागरण ल्याउने उदेश्यका साथ  नगरपालिकाले बेटी पढाओ,बेटी बचाओ (छोरी पढाऔं, छोरी बचाऊ) भन्य अभियान शुरु गरेको थियो । 


रामग्राम नगरपालिका भित्र गत साउन १ गते देखी जन्मेका सबै छोरीहरुको घर परिवारहरुलाई नगरपालिकाले २५ हजार रुपियाँ रकम बैंक खातामा राखीदिने ब्यावस्था मिलाईएको तात्कालिक प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले बताउनुभएको छ ।


घरमा छोरीको जन्म भए पछि परिवारले जन्म दर्ता गरि छोरी र अविभावकको संयुक्त नाममा बैंकमा खाता खोली खाता नम्बर नगरपालिकालाई दिए पछि यो रकम बैंकको खातामा छोरीको नाममा जम्मा हुने ब्यवस्था मिलाउने भने पनि हाल सम्म रकम न गएको सेवाग्राहीले बताएका छन्।

Post a Comment

Previous Post Next Post