पाल्ही आधारभूत बिद्यालयको ७ औं अभिभावक भेला सम्पन्न

 






पाल्ही आधारभूत बिद्यालयको ७ औं अभिभावक भेला सम्पन्न

रंजीत शर्मा/ नवलपरासी / ८ माघ।

श्री पाल्ही आधारभूत विद्यालयको अभिभावक भेला आज सम्पन्न भएको छ । पाल्हीनन्दन गाउँपालिका वार्ड नं २ अमानीगन्ज स्थित विक्रम संवत २००५ सालमा स्थपना भएको  पाल्ही आधारभूत विद्यालयको प्रांगणमा आइतबार अभिभावक भेला सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ गुप्ताको सभापतित्वमा र पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ का वार्ड अध्यक्ष जगदीश प्रसाद गुप्ताको प्रमुख अतिथिकतामा अभिभावक भेला सम्पन्न भएको थियोे ।


भेलाको प्रमुख अतिथि वार्ड अध्यक्ष जगदीश प्रसाद गुप्ताले विद्यालयको विकासका लागि शिक्षक-अभिभावक नै सचेत र जागरूक हुनुपर्ने बताए । बालबालिकाको भविष्य निर्माण गर्ने जिम्मेवारी शिक्षक र अभिभावकको हातमा रहेको भन्दै सबैले सजक र जिम्मेवार हुन आवश्यक रहेको औल्याउनु भयो ।


विद्यालयमा त्रिपक्षीय सम्बन्ध राम्रो नभए विद्यालयले प्रगति गर्न सक्दैन गुप्ताले भन्नूभयो । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध राम्रो हुनुपर्दछ । सामुदायिक विद्यालयमा अभिभावकको चासो नहुनुले बालबालिकाको शैक्षिक विकासमा समस्या हुने गरेको उहाँले बताए । अब यस विद्यालयमा थप अङ्ग्रेजी भाषामा अध्यापन गराउनको लागि शिक्षकको व्यवस्थापन गरिने तथा निरन्तर निगरानी गरिने बताएका छन्। 


अभिभावक भेलाबाट ४ जना सदस्य समेत निर्विरोध चयन भएका छन्। राम सेवक कमकर,किशुनदेव केवट,मिना देवी केवट र रिन्की देवी केवट निर्विरोध चयन भएका छन्।  


कार्यक्रममा पाल्हिनन्दन गाउँपालिकाकाका शिक्षा शाखा प्रमुख प्रमोद यादव,सहायक अशोक ठाकुर,पाल्हिनन्दन गाउँपालिकाका कार्यपालिका सदस्य लीलावती हरिजन, छोटेलाल पासवान,वडा सदस्य राम सजीवन गुप्ता,आसमा खातुन,हरपुर माध्यमिक विद्यालय हरपुरका प्रधानध्यापक पुरुषोतम गुप्ता,शिव प्रावि मुडेराका प्रधानध्यापक शैलेन्द्र भण्डारी, शिव पार्वती प्रावि पाल्हिका प्रधानध्यापक उदयनाथ माली, शिक्षक अभिभावक संघका अध्यक्ष रामअवध यादव लगायत अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

Previous Post Next Post