निकै प्रतिस्पर्धात्मक कबड्डीको सेमीफाइनल खेलमा झिनो अन्तरले चौथो बर्ष पुग्यो फाईनलमा

 नेपालगंज मल्टिपल क्याम्पस ( NMC)  मा खेलाडीको सप्ताहको तेस्रो दिन आज कबड्डीको पहिलो सेमीफाइनल खेल सम्पन्न भएको छ। BBS प्रथम वर्ष (  New) र  BBS  चौथो बर्षको बिचमा भएको निकै प्रतिस्पर्धात्मक पहिलो सेमीफाइनल खेललाई झिनो मतान्तरले चौथो वर्षको टिमले जितेको छ। १५-१५ मिनेट गरी ३० मिनेटको लागि खेलाईएको खेल प्रतिस्पर्धात्मक रुपमा १ घण्टा ३० मिनेट सम्म चलेको








 जानकारी आयोजक NMC   कलेजले दिएको छ। पहिलो हाप र दोस्रो हापको १० मिनेट गरि खेलको २५ मिनेट सम्म १५-२५ को अबस्थामा बिरोधी टिम भन्दा १० प्वाईन्टले पछाडी रहेको प्रथम वर्षको टिमले गणेश मगर र समिर के.सीको उत्कृष्ठ खेलले अन्तिम ५ मिनेटमा विपक्षी टिमलाई अलआउट गर्दै स्कोर २६-२६ को बराबरी अबस्थामा लिएको थियो। निरन्तर रुपमा थपिंदै गएको समयमा दुबैटिमको स्कोर ३८-३८ को बराबरी अवस्था सम्म पुगेको थियो। प्रथम वर्षको स्कोर लाई बढाउन गणेश मगर ,समिर के.सी., सन्तोष पथिक,सन्जय सिंह लगायतका खेलाडीले उत्कृष्ठ खेल देखाएका थिए। अतिरिक्त समयको दौरानमा प्रथम वर्षका गणेश मगरले विपक्षी टिमलाई २ पटक एक्लै अलआउट पारेका थिए। खेलमा एउटा टिम बिजयी र अर्को पराजय हुनैपर्ने भएकोले उत्कृष्ठ खेल खेलेको प्रथम वर्षलाई मात्र १ प्वाईन्टले ३९-३८ को अबस्था मा चौथो वर्ष बिजयी भएको जानकारी आयोजकले दिएको छ। खेलको म्यान अफ दि म्याच प्रथम वर्षका गणेश मगर भएका छन्। खेल सप्ताहको चौथो दिन भोली कबड्डीको दोस्रो सेमिफाइनल,फाईनल र ब्याटमिन्टनका खेल हुने जानकारी क्याम्पस प्रशासनले दिएको छ।

Post a Comment

Previous Post Next Post