नेपालगंज मल्टिपल क्याम्पस (NMC) को खेल सप्ताह अन्तर्गतको क्रिकेटको उपाधी चौथो बर्षलाई

 नेपालगंज मल्टिपल क्याम्पस (NMC) मा खेल सप्ताहको तेस्रो दिन आज क्रिकेटको फाईनल खेल सम्पन्न भएको छ। BBS चौथो बर्ष र BBS तेस्रो बर्षको बिचमा भएको फाईनल खेलमा चौथो वर्षको क्रिकेट टिमले तेस्रो वर्षको क्रिकेट टिमलाई ४ विकेटले पराजित गर्दै क्रिकेट उपाधि जित्न सफल भएको छ। टस जितेर पहिले ब्याटिङ गरेको तेस्रो बर्षले निर्धारित १६ ओभरमा ७ बिकेट गुमाउँदै ११७ रन बनाएको थियो। तेस्रो बर्षबाट सलमान अन्सारीले उत्कृष्ठ ब्याटिङ गर्दै ५२ रनको योगदान दिएका थिए। प्रकाश शाही सङ्ग भएको सलमानको पार्टनरसिपले टिमको स्कोर लाई १०० रन माथि पुर्याएका थिए। फाईनल म्याच जित्ने उच्च मनोबलका साथ ११७ रनको रक्षा गर्नको लागि दोस्रो ईनिङ्ममा मैदान छिरेको तेस्रो बर्षका ओपनर बलर ईरफान मलिक र बिवश मल्लले उत्कृष्ट बलिङ्ग गर्दै चौथो बर्षका ओपनर ब्याट्सम्यान राजन शाही र ओम प्रताप सिंहलाई सस्तैमा आउट गरेर सम्भावित जितको खुशियाली मनाएका थिए। तर ईरफान मलिक,बिवश मल्ल र सलमान अन्सारीको खतरनाक बलिङ्लाई चौथो बर्षका मध्यक्रमका ब्याट्सम्यान क्षितिज थापा र रोशन ढुंगानाको संयम र धैर्यता पुर्ण ब्याटिङले निस्तेज पारिदिएको थियो। १४ रनमै शुरुवाती ४ बिकेट














 गुमाएको चौथो बर्षले क्षितिज थापा र रोशन ढुंगानाको बिचमा भएको ९६ रनको पार्टनरसिपले गर्दा आफ्नो टिमले फाइनल खेल जित्न सफल भएको जानकारी चौथो बर्षका कप्तान जनक थापाले दिए। टिमलाई जित्नको लागि ८ रन मात्र बाँकि रहेको अवस्थामा तेस्रो बर्षका बलर सन्देश के.सी. ले थापा र ढुंगानाको पार्टनरसिपलाई तोड्दै आफ्नो टिमलाई फेरी फ्रन्टफुटमा ल्याएका थिए। अन्तिम ओभरको दोस्रो बलमा छक्का हान्दै टिमका तल्लो क्रमका ब्याट्सम्यान मोहन थापाले प्रेसर रिलिज गरेता पनि अन्तिम बलसम्म खेलको रोमान्च कायमै रहेको थियो। खेलको अन्तिम बललाई मिडअन तर्फ पुद गर्दै मोहन थापाले बिजयी रन लिए।   खेलको म्यान अफ दि म्याच अलराउन्ड प्रदशन गर्दै ५२ रन र ३ बिकेट लिएका क्षितिज थापा भए भने म्यान अफ दि सिरिज तेस्रो वर्षका खेलाडी ईरफान मलिक भएको जानकारी आयोजकले दिएको छ। खेल सप्ताहको चौथो दिन भोली कबड्डीको फाइनल खेल र ब्याटमिन्टनका खेल हुने जानकारी क्याम्पस प्रशासनले जनाएको छ।

Post a Comment

Previous Post Next Post