नेपालगंज मल्टिपल क्याम्पस ( NMC) मा खेल सप्ताहको दोस्रो दिन क्रिकेट सेमिफाइनल संस्करण सम्पन्न

 नेपालगंज मल्टिपल क्याम्पस ( NMC) मा  खेल सप्ताहको दोस्रो दिन आज क्रिकेटका सेमिफाइनलमा संस्करणका खेल सकिएका छन्। आज भएको पहिलो सेमीफाइनल खेलमा BBS चौथो बर्षले BBS पहिलो बर्ष ( New) लाई १४ रनले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चौथो बर्षले  निर्धारित १० ओभरमा ८ बिकेट गुमाउँदै ६२ रन बनाएको थियो। ६३ रनको लक्ष्य पछ्याउँदै जबाफी ब्याटिङ गरेको पहिलो बर्षले निर्धारित ओभरमा ७ बिकेट गुमाउँदै जम्मा ४८ रन मात्र बनाउन सक्यो। खेलको म्यान अफ दि म्याच चौथो बर्षका बिकेट किपर मित्र बोहरा भएका थिए। उनले उत्कृष्ट किपिङ् गर्दै बिपक्षी टिमका ४ जना ब्याट्सम्यानलाई आउट गर्नमा महत्वपूर्ण भुमिका निभाएका थिए।




























यस्तै BBS तेस्रो बर्ष र BBS प्रथम बर्ष (OLD) को बिचमा भएको दोस्रो सेमिफाइनल खेलमा तेस्रो बर्षले ८ विकेटले खेल जित्दै फाईनल प्रवेश गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको प्रथम बर्षले निर्धारित १० ओभरमा ७ बिकेट गुमाएर ६४ रन मात्रै बनाउन सफल भएको थियो। ६५ रनको विजयी लक्ष्यका साथ मैदान प्रवेश गरेका तेस्रो बर्षका ओपनर दिलिप शाही र ईरफान मलिकले ब्याटिङको अनुपम उदाहरण प्रस्तुत गर्दै पुषको जाडोमा पनि उपस्थित भएर क्रिकेटको मजा लिइरहेका दर्शकलाई न्यानो मनोरञ्जन प्रदान गरेका थिए। दुवै ओपनरको महत्वपूर्ण योगदानको कारणले तेस्रो बर्षले निर्धारित लक्ष्य ६ ओभरमै भेटाएको थियो।१७ बलमै २०० भन्दा बढिको स्ट्राइक रेटमा ३५ रन बनाएका ईरफान मलिक म्यान अफ दि म्याच घोषित भए। क्रिकेट टुर्नामेन्टको फाईनल खेल भोली खेलिने छ। यस्तै खेल सप्ताहको तेस्रो दिन भोली कबड्डीका खेल खेलिने जानकारी क्याम्पस प्रशासनले गराएको छ।

Post a Comment

Previous Post Next Post