बैजनाथ ५ मा सार्वजनिक सुनुवाई

 बैजनाथ ५ मा सार्वजनिक सुनुवाई 

मिति ः २०७९ चैत्र १७ गते 

जनप्रतिनिधि फेरिएपछि बाँकेको बैजनाथ गाउँपालिका ५ नम्बर वडा कार्यालयले सार्वजनिक सुनुवाई गरेको छ । 

५ नम्बर वडा कार्यालयको आयोजना तथा बास नेपालको सहजिकरणमा आज भएको सार्वजनिक सुनुवाईमा सरोकारवाला र वडाबासिहरु बिचमा झण्डै अढाई घण्टा दोहोरो प्रश्नोत्तर भएको थियो । प्रश्नोत्तरको क्रममा सुनुवाईमा सहभागि स्थानीयहरुले पहिलो पटक सार्वजनिक सुनुवाई कार्यक्रममा आएर आफ्ना कुरा राख्न पाएको मा खुसी ब्यक्त गरेका थिए । 

सुनुवाईको क्रममा सहभागिहरुले वडाको विकास, शान्ति सुब्यवस्था, कृषिमा लगानी तथा वडाको सेवा प्रवाहका बिषयमा खुलेर प्रश्न र जिज्ञासा राखेका थिए । सहभागिहरुले राखेको प्रश्न तथा जिज्ञासाको जवाफ सुनुवाईमा प्रमुख जवाफदेहि बक्ताको रुपमा आसिन वडा अध्यक्ष देब वहादुर रावत, वडा सदस्यहरु, वडा सचिब लगायतले दिएका थिए । सुनुवाईको अन्त्यमा ५ बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । यसरी घोषणा गरिएका प्रतिबद्धताहरुमा वडाको जिगाँउ देखि उत्तर तर्फ प्रदेश सरकारको लगानीमा निर्माणाधीन सडकमा नालाको योजना नभएकाले नाला निर्माणका लागि योजना थप गर्न प्रदेशसँग पहल गर्ने, पछिल्लो समय निकै समस्याको रुपमा देखिएको लागु औषध दूब्यसनी बिरुद्ध साझाँ अभियान सञ्चालन गर्ने, आगामी योजनामा लागु औषधलाई प्राथमिकिकरणका राख्ने तथा कानुन विपरितका सबै कार्यहरु रोख्न साझेदारी गर्ने, सिक्टा सिचाई आयोजनाबाट कृषकहरुको खेत सम्म सिचाई पुर्याउन पहल गर्ने, बिद्युत लाई बिस्तार हुन नसकेको स्थानहरुमा तत्काल बिद्युत लाईन पुर्याउन समन्वय गर्ने, वडाले प्रवाह गर्ने सेवा तथा सुविधालाई छिटो छरीतो र थप प्रभावकारी बनाउने प्रतिबद्धता गरिएको छ । 


बासका निर्देशक हेमराज भट्टले सहजिकरण गरेको सुनुवाईमा वडा कार्यालयले प्रदान गर्ने सेवा तथा सुविधा, उपलब्धी, अवसर तथा चुनौतीका बिषयमा सुनुवाईको शुरुवातमा वडा अध्यक्ष देब बहादुर रावतले गरेका थिए । सुनुवाईमा वडा अध्यक्ष देव बहादुर रावत, दलित महिला सदस्य सिता सुनार, सदस्य दिप बहादुर थापा, राजित राम अहिर, वडा सचिब अबिसरा घर्ती लगायत कर्मचारी र वडा बासिहरुको उपस्थिती रहेको थियो । कार्यक्रम अन्तरगत बासको सहजिकरणमा गाउँपालिकाका सबै ८ ओटा वडा र गाँउपालिकाको सार्वजनिक सुनुवाई गर्ने कार्यक्रम रहेको छ । 


हेमराज भट्ट

सुचना अधिकारी, बास नेपाल

Post a Comment

Previous Post Next Post